शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एसओएस गण्डकीमा खेलकुद

एसओएस गण्डकीमा खेलकुद


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस बिहीबारबाट सुरु भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलेखेलकुद दिवसकोउद्घाटन गरे ।

उद्घाटनसँगै विभिन्न दूरीका दौड, रिले दौड, लङजम्प, सर्टपुटलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समुद्घाटन समारोहको अर्काे आकर्षण थियो ।

एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले यसवर्ष जम्मा ६५ खेल समावेश गरिएको र त्यसमा ६ सय १३ विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहने बताए ।

प्रतियोगितात्मक खेलअन्तर्गत पहिलो दिन सम्पन्न चार सय मिटर रिले दौडमा अन्नपूर्ण सदनका सञ्जु चेपाङ, मार्था तामाङ,जेनिसा भण्डारी र देवी माझीले प्रथम तथा धौलागिरि सदनका सलिना परियार, दिविसा सापकोटा, आसिका सापकोटा र रोजमेरी खड्गीले द्वितीय स्थान हासिल गरे । प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथिलोकनाथ आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->