मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग

कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग


  • ढाेरपाटन संवाददाता
  • पुष २६ २०८२, शनिबार

पोखरा/फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा दुई हजार ३०३ जना निर्वाचन प्रहरी माग गरिएको छ । कास्की प्रहरीका अनुसार इच्छुक उम्मेदवारले माघ १ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन् ।

निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

साथै, आतंककारी वा विध्वंसात्मक संगठनसँग कुनै प्रकारको सम्बन्ध नरहेको हुनुपर्नेछ । शारीरिक मापदण्डतर्फ पुरुष उम्मेदवारको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा न्यूनतम उचाइ चार फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्ने शर्तसमेत राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->