रुकुम पश्चिम / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आउँदो निर्वाचनमा आफु रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएका छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला,’ उनले भने।
उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए।

उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।’
रुकुम पश्चिमका जनतामा आफूहरुप्रति भ्रम थियो कि भन्ने लागेपनि कार्यक्रमको उपस्थिति देख्दा भगौडा ९जनार्दन शर्मा०को पछाडि कोही नलागेका भन्दै प्रचण्ड धन्यवाद दिए।
‘रुकुमका नेता पलायन भए, विचलित भए। तर, रुकुमका जनता पलायन भएनन्। विचलित भएनन्। रुकुमका नेता कार्यकर्ता विचलित हुनेहरुको पछि लागेनन्। एकताबद्ध भएर पार्टी, क्रान्ति र नेतृत्वको साथमा रहे,’ उनले भने ।





