मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पुरिदैँ सिमसार घ्टदै जलपंछी

पुरिदैँ सिमसार घ्टदै जलपंछी

पोखरा महानगरपालिका भित्र रहेको विभिन्न तालहरुमा जाडो छल्न आउने जल पंछीहरु घट्न थालेका हुन् । पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनाले पछिल्ला वर्षमा चराहरु घटेको तथ्यांक देखाएको हो ।


  • विजय नेपाली
  • पुष २७ २०८२, आइतबार

पोखरा/पुसको ७ गते कास्की प्रहरीले रामसारमा सूचीकृत फेवातालको मुल क्षेत्र पामे पुर्दै गरेका भू माफिया युवारज खतिवडालाई पक्राउ ग¥यो । सिमसार पुरेका खतिवडालाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्धा चलायो । पुस ७ गते सोमबार दिउँसो सिमसारमा माटो, गिटी हालेर पुरिरहेका बेला गाडी नियन्त्रणमा लिन पुगेको प्रहरीलाई समेत दुव्र्यहार गरेपछि खतिवडालाई नियन्त्रणा लिएको थियो ।

त्यसको तीन हप्तापश्चात अर्थात यहि २५ गते फेवातालमा जल पंछीको गणना भयो । पोखराका सिमसार क्षेत्रहरु अतिक्रमणको चपेटामा पर्दा ६ वर्ष यता जल पंछीहरु घट्न थालेका छन् । पोखरा महानगरपालिका भित्र रहेको विभिन्न तालहरुमा जाडो छल्न आउने जल पंछीहरु घट्न थालेका हुन् । पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनाले पछिल्ला वर्षमा चराहरु घटेको तथ्यांक देखाएको हो ।

पोखरामा जलपक्षीको सङ्ख्या घट्दै गएको पाइएको छ । पोखरा पक्षी समाज र टाइगर माउन्टेन पोखरा लजको संयुक्त आयोजनामा भएको पक्षी गणनाबाट चराको सङ्ख्यामा गिरावट पाइएको गणनामा सहभागीहरूले बताएका छन् । चरा गणनामा संलग्न चरा विज्ञ शेष कान्त शर्माले ताल संरक्षण र सौन्दर्यका लागि निर्माण गरिने पूर्वाधारका कारण पानीको सतह बढ्दै गएपनि चराको वासस्थान सङ्कटमा पर्दै गएको बताए । सबै क्षेत्रमा मानिसको पहुँच पुग्नुले चराको वासस्थानमा प्रभाव पर्न गएको उनले उल्लेख गरे । चराको संख्या घट्न नदिन सिमसार क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

कास्कीका तालतलैया, सिमसार क्षेत्रहरूमा भएको अतिक्रमण र प्रदूषणका कारण चराको सङ्ख्यामा गिरावट आएको पोखरा पक्षी समाजका अध्यक्ष एवं हिउँदे आगन्तुक पानीचरा गणनाका क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिए । जनवरी तीनदेखि पोखराको फेवाताल, खास्टे, न्युरेनी, वेगनास ताल, विजयपुर खोला करिडोर, हर्पन खोलालगायत सिमसार क्षेत्रमा गरिएको गणनामा आगन्तुक चराको सङ्ख्या घटेको पाइएको उनले बताए ।

गणनाका क्षेत्रीय संयोजक झलक चौधरीका अनुसार चराको वासस्थान क्षेत्रमा मानवीय अतिक्रमण, कङ्क्रिट पूर्वाधार निर्माण, विष राखेर माछा मार्ने र प्रदूषणका कारण चराको सङ्ख्यामा कमी आएको हो । पोखराको फेवाताल, कमलपोखरी, खास्टे लगायत ताल एवं सिमसार क्षेत्रमा दलदल कम हुँदै जानाले आगन्तुक चराको प्रजातिमा भन्दा सङ्ख्यामा कमी आएको उनको भनाई छ ।

तीन हजार मिटर दुइ हजार पाँच सय मिटरमा देखिने चराहरु समेत ८२० मिटरमा झर्ने गरेको समेत भेटिन्छ । धेरैचिसोमा आहारा नपाउने र तातो नपाउने हुने हुँदा आउने गरेको छ यतिमात्र होइन तातो क्षेत्रमा रहने चराहरु विशेषगरि २५० मिटरमा बस्ने बकुला प्रजातिका चराहरु समेत गर्मी बढि भएका कारण पोखरा क्षेत्रमा आउने गरेका छन् ।

संयोजक चौधरीका अनुसार पोखरा सन् २००४ देखि चरा गणना हुँदै आएको छ । पोखराका खोला र ताल किनारमा पिकनिक आयोजना बढ्दै जानु र सडक निर्माण लगायत मानवीय अतिक्रमण लगायतका कारण चराको सङ्ख्या घट्दै गएको बताए ।

पोखरामा टाइगर माउन्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपन्छी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुचि राख्ने केही पथ प्रदर्शकहरू एवं विद्यार्थीहरूको केही समुह जोडिएका थिए । सन् २०१७ मा आधिकारिक रुपमा पोखरा पन्छी समाजले यस कार्यक्रममा समन्वय गरि टाइगर माउन्टेन पोखरा लज सँगै गणनामा सहभागी भइरहेको छ ।

गत वर्ष भएको गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपंछी फेला परेका थिए । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंछी भेटिएका थिए । गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->