मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

राजमार्ग पुगेपछि कुकुर अलमलिएपछि प्रहरीले अपराधी गाडी चढेर गएको प्रारम्भिक अनुमान लगायो । दुइ दिनसम्मको अनुसन्धानमा समेत प्रहरीले घटनाबारेमा कुनै ‘क्लु’ फेला पार्न सकेको छैन ।


  • विजय नेपाली
  • पुष २८ २०८२, सोमबार

पोखरा/फोहोर फ्याक्ने स्थानमा बोरा, फाटेका त्रिपालको सानो टेन्ट । टेन्ट भित्र ‘अगेना छेउमा मरेको परेवाको बच्चा, केराउ र माछाको सुकुटी अनि सानो भाडामा भात भित्र एक पुरुषको पेट चिरिएको शव बाहिर अर्को पुरुषको’ यो तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र परिसरको शनिबार बिहानको दृष्य हो ।

करिब १० मिटरको दुरीमा रहेको फोहोर प्रशोधन केन्द्रमा सुरक्षा गार्ड रहेका र झुपडीमा बस्ने अर्का पुरुषको शव थियो । एकाएक दुइ जनाको शव फेला परेपछि प्रहरी घटनास्थल पुग्यो । प्रहरीले शव नियालेपछि सोझै हत्याको अनुमान लगायो ।

प्रशोधन केन्द्रका गार्ड अनि झुपडीकै पुरुषको शव मात्रै भेटिएपछि त्यही झुपडीमा बस्ने पुरुषको श्रीमति भेटिएनन् । प्रहरी र स्थानीयले सुरुवातमा कतै उनैले त हत्या गरेको होइन भनि आशंका ग¥यो । तर, दुइ पुरुषको शव फेला परेपछि उनको पनि हत्या भएको अनुमान लगाउँदै आसपास खोजी ग¥यो भेटिएन । त्यसपछि महिलाले नै हत्या गरेको आशंका भयो ।

त्यतिन्जेल अपरान्हको करिब १२ बजिसकेको थियो । प्रहरी घटनास्थलमा मुचुल्का गर्दै अनुसन्धानतर्फ सोझिदा घटनास्थलभन्दा करिब सात सय मिटर तल एक महिलाको शव फेला प¥यो । स्थानीयहरु खोलामा जाने क्रममा महिलाको शव देखेका थिए ।

त्यत्तिकैमा घटना झन रहस्यपूर्ण बन्यो तत्काल प्रहरीको प्राविधिक र तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान सुरु भयो । दुई पुरुषको शव भेटिएको स्थानबाट कुकुरले अनुसन्धान सुरु ग¥यो । पहिला फोहोर प्रशोधन केन्द्रतर्फ पुगेको तालिम प्राप्त कुकुर पछि महिलाको शव भएको स्थानतर्फ लाग्यो । त्यसपछि क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्म पुगेको कुकुर त्यही अलमलियो । राजमार्ग पुगेपछि कुकुर अलमलिएपछि प्रहरीले अपराधी गाडी चढेर गएको प्रारम्भिक अनुमान लगायो ।

दुइ दिनसम्मको अनुसन्धानमा समेत प्रहरीले घटनाबारेमा कुनै ‘क्लु’ फेला पार्न सकेको छैन । घटनाबारे बुझ्न आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यनै घटनास्थल पुगे । तीन जनाको एक रातमै विभत्स हत्याले तनहुँमा हल्ला खल्ला मच्याएको छ । स्थानीयहरु निकै त्रसित भएका छन् ।

एक स्थानीयका अनुसार मृत महिला (माया दिदी) ले तीन दिन अघि मात्रै केही युवाहरु आएर आधा रातमा रक्सी खोज्न पठाउने र नल्याएमा पकाएको खाना फ्याकी दिने, कुट्ने गरेको सुनाएकी थिइन् ।

कवाडीहरु खोजेर बेचेर भात तिहुन खाने गर्थे नाम नबताउने सर्तमा ती महिलाले भनिन् । त्यहाँको कवाडी माथि ल्याउन पाउदैन्थ्यो । लुकाएर माथि ल्याएर बेच्ने गर्थे । कहिले माथिल्लो बाटो त कहिले तल्लो बाटो हुँदै ल्याएर बेच्थे । सुरुमा दुइ बालकले शव देखेका थिए ।

‘दुलेगौडाबाट कतिधेरै केटाहरु आउँछ आमा भनेको थियो । मैले अनि केटाहरु सित जोगि है भन्थे । कहिले रक्सी माग्थ्यो रे कहिले रक्सी लिएर आइजा भन्थ्यो रे यस्तो राती म कहाँ जाने जान्न पनि भन्थ्यो रे त्यसपछि भात–तिहुन पकाएर राखेको पनि लातिले हानेर घोप्टाइदिन्थ्यो रे,’ स्थानीय महिलाले भनिन्, ‘मैले तिनहरु आउँदा नबोल है, झगडा नगर भनेको थिए आएर दुःख दिन्छ भनेको थियो त्यसको तीन दिनमा मारिदिएछ विचरा । तिनहरु आयो भनेरै भाग्यो होला केरे छोप्दाखेरी त्यहीँ मारिदिए होलान् ।’

यस्तै घटनास्थल पुगेका तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दिर्घकुमार थापाले तीनै जनाको हत्या एकै प्रकृतिको देखिएको बताए । महिलाको घाटी रेटिएको छ भने दुई पुरुषको पेटमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।

‘अपराधिले हत्या गर्दाको कुनै प्रमाण छाडेको भेटिएको छैन् । फोहार मैला प्रशोधन केन्द्रका गार्ड त्यहाँ मृत भेटिए । अनि श्रीमान पनि मृत भेटिएपछि पक्कै पनि श्रीमती कुनै कसुर गरेको भागेको वा महिलालाई पनि जीवित छाडेको छैन भनेर करिब ३ सय मिटरको पेरीफेरीको झाडीमा खोज्यौ तर, पत्ता लगाउन सकिएन,’ उनले भने । चेक पोइन्टहरुमा रहेको सिसि टिभिमा समेत देखिएन करिब साढे १२ बजेको समयमा खोलामा पुगेका बालबालिकाले घटनास्थल भन्दा करिब ७–८ सय मिटर तल महिलाको शव भेटिएको उनले बताए ।

लागुऔषध सेवनकर्ता उक्त स्थानमा सिरिन्ज खोज्न जाने र लागुऔषध प्रयोग गर्न जाने गरेको स्थानीयहरु बताउँछन् । हत्यारा पत्ता नलाग्नु चिन्ताको विषय बनेको उनले सुनाए । यसले अपराधिक क्रियाकलाप थप बढ्ने स्थानियमा डरत्रास बढिरहेको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराको टोली पुगेर अनुसन्धान गर्दा मृकतमध्य एक जना फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् । शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० बर्षीय नारायण बिक यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले घटनामा एकको पहिचान खुलेको र अन्यको खुल्न बाकी रहेको बताए । उनका अनुसार मृतक महिला र पुरुषको वास्तविक पहिचान अझै खुल्न सकेको छैन् । घटनाबारेमा नारायण विकको परिवारले जाहेरी दिएको र अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->