आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

यस्तो छ कांग्रेस महामन्त्री शर्माको राजनीतिक प्रतिवेदन

यस्तो छ कांग्रेस महामन्त्री शर्माको राजनीतिक प्रतिवेदन


  • ढाेरपाटन संवाददाता
  • पुष २८ २०८२, सोमबार

काठमाडौँ / नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र जारी छ। बन्दसत्रमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस, सद्भाव र समुन्नतिको नवीन यात्रा’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदनमा गत २३ र २४ भदौको जेन–जी आन्दोलनलाई सम्बोधन गरिएको छ। शर्माले प्रदर्शनकारीहरूलाई ‘निराशाविरुद्ध नवीन आशाको खोजीमा’ रहेकाहरू भनी सम्बोधन गरेका छन्।

उनले राज्यबाट दूरदर्शिता हुन नसक्दा कैयौँले ज्यान गुमाएको र विध्वंश भएको उल्लेख गरेका छन्। यस्तै, शर्माले पार्टीको पुनर्निर्माण गर्दै यसलाई रिब्रान्डिङ गर्न आवश्यक भएको पनि उल्लेख गरेका छन्। उनले विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ प्रस्तावसमेत प्रस्तुत गरेका छन्। केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० जना र ३० देखि ४० वर्षसम्मका २० गरी ४० जनाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका छन्।

महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा विगतमा कांग्रेस नेतृत्व वा सरकारमा रहँदा भएका १८ वटा प्रमुख गल्तीहरू स्वीकार गर्दै आत्मालोचना गरेका छन् ।
हेर्नुहोस पूर्णपाठः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->