शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बिरुवा गाउँपालिकामा विद्यार्थी खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवा गाउँपालिकामा विद्यार्थी खाजामा पाँच रुपैयाँ अनुदान

संघीय सरकारले दिएको खाजा खर्च परिवारले लाने गरेकोमा अहिले पालिकाले थप रकम दिएसँगै विद्यालयमै दैनिक तालिका बनाएर विद्यार्थीले खाजा खाने गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८२, सोमबार

स्याङ्जा/  जिल्लाको बिरुवा गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा प्रति विद्यार्थी प्रति दिन पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । पालिकाले गाउँपालिका भित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थीलाई दिवा खाजामा सहयोग गरेको हो ।

नेपालर सरकारले कक्षा–५ सम्मका विद्यार्थीलाई एक दिनको लागि २० रुपैयाँ दिने गरेकोमा पालिकाले पाँच थपेर २५ पु¥याएको हो । विद्यालयमा नियमित उपस्थिती बढाउने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले यो सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए । अनुदान रकम सम्बन्धित विद्यालय मार्फत विद्यार्थीको दिवा खाजामा खर्च गरिएको उपाध्यायको भनाई छ ।

बालबालिकाको शिक्षासँगै स्वास्थ्यमा पनि ध्यान दिनु स्थानीय सरकारको दायित्व भएको बताउँदै गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले सानो सहयोग भए पनि यसले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र पोषणमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताए । कार्यक्रम कार्यान्वयनमा पारदर्शिता अपनाइने बताउँदै कुँवरले अनुदान रकम सही उद्देश्यका लागि खर्च होस् भनेर नियमित अनुगमन गर्ने गरेको जनाए । शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता समेत दिने कुँवरको भनाई थियो ।

पालिकाले विद्यालयको हाजिरी हेरेर बढिमा एक जना विद्यार्थीलाई १८० दिनको लागि चार लाख ९८ हजार छ सय खर्च गरेको हो । संघीय सरकारले दिएको खाजा खर्च परिवारले लाने गरेकोमा अहिले पालिकाले थप रकम दिएसँगै विद्यालयमै दैनिक तालिका बनाएर विद्यार्थीले खाजा खाने गरेका छन् । गाउँपालिकाको यो निर्णयलाई अभिभावक र विद्यालय प्रशासनले समेत सकारात्मक रुपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->