मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

म्याग्दीकी सीमा पुनले पाइन आमाको नामबाट नागरिकता

म्याग्दीकी सीमा पुनले पाइन आमाको नामबाट नागरिकता

नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा निलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए ।


  • हरिकृष्ण गौतम
  • पुष २९ २०८२, मंगलबार

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित रहेकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ वर्षीया सीमा पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा निलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको छ । नागरिकता प्राप्त गरेपछि पुनले आफ्ना रोकिएका कार्यहरू अगाडी बढ्ने बताइन् ।

‘नागरिकताले अब मेरो परिचय खुलेको छ, आमाको नामबाट नागरिता पाउँदा निकै उत्साहित छु,’ पुनले भनिन् । छोरीको हातमा नागरिकता परेपछि आमा निलसराले आफ्नो महत्वपूर्ण जिम्मेबारी पूरा भएको बताइन् ।

प्रमुख जिल्ला अधिकारी आर्चायले संविधान तथा प्रचलित कानूनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताए । जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा स्थानीयमा समेत परिपत्र पुगिेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा म्याग्दीमा विगतका वर्षमा प्रष्ट कानूनी आधार नहुँदा नागरिकताबाट बन्चित भएकालाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयमा हालसम्म तीनजना किशोरीले आमाको नामबाट नागरिकता लिन आवश्यक कागजातहरु प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->