आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनसुनजन्य बिपतका पीडितलाई आबास निर्माणमा सहयोग गरिने

मनसुनजन्य बिपतका पीडितलाई आबास निर्माणमा सहयोग गरिने

बैठकले बाढी पहिरोको कारण क्षति भएका सार्वजनिक संरचनाको मर्मत तथा पुननिर्माणकालागि समेत सिफारिस भइ आए अनुसारको रकम निकासा गरिदिने निर्णय गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • पुष ३० २०८२, बुधबार

बागलुङ/जिल्ला बिपत व्यवस्थापन समितिले बिपतजन्य घटनाबाट घरबार विहिन भएकाहरुलाई राज्यको राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलवार भएको बैठकले लाभग्राहीलाइ मनसुनजन्य निजी आबास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम किस्ता भुक्तानीकालागि सम्बन्धीत स्थानीय तहबाट निर्णय भै आएका लाभग्राहीलाई स्थलगत निरिक्षण गरेर किस्ता भुक्तानी दिने निर्णय भएको बैठकका सहभागि सहायक प्रजिअ जनकराज पन्तले बताए ।

लाभग्राही मध्ये २० जनाको हकमा यो निर्णय लागू हुनेछ । बिशेषगरी ढोरपाटन नगरपालिकामा गत २०७७ सालको भदौ १७ गते गएको बाढीपहिरोपछि घरवारविहिन भएकाहरुले घर बनाउन थालेपनि आर्थिक अभावले घर बनाउन सकेका छैनन् । उनीहरुले लगेको पहिलो किस्ताले काम थाल्न नसकेकाहरु अलपत्र छन् । केहीले घर बनाइसकेका छन् । बनाइसकेकाहरुले स्थानीय साधन श्रोतबाट बनाएकोमा तोकिएको मापदण्ड पुरा भए नभएको, तोकिएको डिजाइन भए नभएको अनुगमन गर्नुपर्ने आवस्यता देखिएपछि यो बैठक बसेको हो ।

नीतिगत रुपमा लामो समय सम्म भवन नबनाएकाहरुको पहिलो किस्ता सरकारी बाँकी सरह फिर्ता गर्ने कानूनी व्यवस्था रहेको तर व्यवहारिक रुपमा के कसरी सहजीकरण गर्दा ती आवास बन्छन् भन्नेमा बैठक केन्द्रीत भएको प्रजिअ आचार्यले बताए । ‘हामीले नीतिगत मात्र हेरेर भन्दा पीडितको आवस्यकता र समस्या के हो भन्ने पनि बुझौं भनेर लागेका छांै’ उनले भने, ‘हाम्रो प्रयासले सफलता मिल्यो भने सोही अनुरुप आवास निर्माणमा साथ दिन्छौं ।’ यो मापदण्डमा बागलुङ नगरपालिका वडा नंं ५ का एक परिवार र तमानखोला गाउँपालिका १ का एक परिवार बाहेक १८ परिवार ढोरपाटन नगरपालिका वडा नंं ८ र ९ का छन् ।

बैठकले बाढी पहिरोको कारण क्षति भएका सार्वजनिक संरचनाको मर्मत तथा पुननिर्माणकालागि समेत सिफारिस भइआए अनुसारको रकम निकासा गरिदिने निर्णय गरेको छ । ती मध्ये ढोरपाटन नगरपालिका वडा नंं १ को सरस्वती आधारभूत बिद्यालय, निसीखोला गाउँपालिका वडा नंं ६ भलकोटको तिलाचन माबि, ढोरपाटन नगरपालिका वडा नंं ७ को तोगाडि बाल बिकास केन्द्र र वडा नंं ६ को नवज्योती आधारभूत बिद्यालयको भवन चर्किएर जोखिम भएकोले मर्मत तथा पुन निर्माणकालागि आवस्यक बजेट समेत व्यवस्थापन गरिदिन गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा पठाउने निर्णय समेत भएको हो ।

बैठकमा सुरक्षा निकाय, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय सहित सरोकार राख्ने कार्यालय, संघसंस्था, रेडक्रस लगायतका सामाजिक संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->