मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गगन विश्वलाई कारबाही गरेपछि देउवा पक्ष कानुनी परामर्शमा

गगन विश्वलाई कारबाही गरेपछि देउवा पक्ष कानुनी परामर्शमा

परामर्शका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपाने, तेजबहादुर रावल लगायतका कानुन व्यवसायी सानेपा पुगेका छन्।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०८२, बुधबार

काठमाडौं/नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका थिए । नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका थिए ।

संस्थापनपक्षका वार्ता टोली सदस्य रमेश लेखकले सहमतिका लागि विशेष पक्षले पठाएको सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने, हाइकमाण्ड बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानेबाहेकका प्रस्ताव स्वीकार्न सकिने जानकारी बैठकमा गराएका थिए ।

पार्टीले तीन पदाधिकारीलाई कारबाही गरेपछि देउवा पक्षले परामर्शका लागि कानुन व्यवसायीलाई बोलाएको छ। कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोबारे राय लिन देउवाले आफूनिकट कानुन व्यवसायीलाई बोलाएको एक नेताले बताए। परामर्शका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपाने, तेजबहादुर रावल लगायतका कानुन व्यवसायी सानेपा पुगेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->