मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जेनजी सहिद पराजुलीको परिवारलाई पालुङटार नगरपालिकाले दियो एक लाख रुपैयाँ नगद

जेनजी सहिद पराजुलीको परिवारलाई पालुङटार नगरपालिकाले दियो एक लाख रुपैयाँ नगद

नगरपालिकाको १८ औं नगरसभाको अवसरमा पराजुलीका परिवारलाई नगद रकम हस्तान्तरण गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०८२, बुधबार

गोरखा / गत भदौ २३ मा जेनजी अन्दोलनका क्रममा निधन भएका गोरखा पालुङटार नगरपालिका–३ बर्देडााडाका अनिष पराजुलीका परिवारलाई नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ ।

मृतक पराजुलीकी आमा कृष्णमाया पराजुलीलाई पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सोमबार नगरपालिकाको १८ औं नगरसभाको अवसरमा पराजुलीका परिवारलाई नगद रकम हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा पराजुलीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->