काठमाडौँ/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गए मध्यराती यसअघिका महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ । अन्तरिम कांग्रेसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहेका छन् ।
संस्थापन पक्षसँग दुई दिनसम्म चलेको निर्णायक वार्ता निष्कर्षमा नपुगेपछि, निष्कासनको कारबाहीसमेत झेल्दै विशेष महाधिवेशनले थापा नेतृत्वमा १३४ सदस्यीय अन्तरिम कांग्रेस निर्माण गरेको हो । यसैगरी महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । ८ सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशमशेर राणा, मुक्ता कुमारी यादव, फर्मुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा चयन भएका छन् । ३५ खुलासहित १२१ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
थापा नेतृत्वको कांग्रेसले आफूलाई आधिकारिक पार्टी दाबी गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ । संस्थापन पक्ष सत्तालिप्सा‚ पद बाँडफाँट र भागबन्डा सिमित भएको भन्दै पुस २७ विशेष महाधिवेशन आह्वान गरिएको थियो । अन्तरिम सभापति थापाले एक वर्षसम्म कांग्रेसको नेतृत्व गर्नेछन् । त्यसपछि नियमित महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई संस्थापन पक्षले बुधबार पार्टीबाट निष्कासन गरेको छ । तर त्यसलाई विशेष महाधिवेशनले खारेज गरेको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व छानेसँगै व्यावहारिक रूपमा कांग्रेस दुई चिरामा विभाजित भएको छ ।
केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह छन् ।
महिला खुलातर्फ नौ केन्द्रीय सदस्य चयन भएका छन् । यसमा चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन् ।प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोईराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नी पौडेल छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् ।
बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण केसी चयन भएका छन् । लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र राम बहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा राम देबि खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट छन् । अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् ।दलित म हिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य बिक र दिनेश सुनार छन् ।
आदिवासी जनजाती महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाती खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ छन् ।
खसआर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन् । मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् । मधेशी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद छन् ।
मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् । त्यसैगरी, पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् ।
हेर्नुहोस् पदाधिकारी र सदस्यहरुको सूची :





