मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीलाई महामन्त्रीदेखि प्रवक्ता

गण्डकीलाई महामन्त्रीदेखि प्रवक्ता


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा/१४ औँ महाधिवेशनमा कांग्रेसको नेतृत्वमा भिडेका शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीका उम्मेदवार बनेका नेता अहिले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् ।

बिहिबार बिहान सम्पन्न कांग्रेसको दोश्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा निर्वाचित भएका छन । उनी १४ औँ महाधिवेशनमा शेखर टिमबाट महामन्त्री निर्वाचित भएका थिए । उनै कोइरालाको टिमबाट सहमहामन्त्रीका उम्मेदवार थिए, देवराज चालिसे । कास्कीका चालिसे विशेष महाधिवेशनको पक्षमा खुलेरै लागे । हस्ताक्षर संकलनको नेतृत्वमा पनि लागे । चालिसेसँगै खटिएका गुरुराज घिमिरे महामन्त्री बने ।

अघिल्लोपटक नै सहमहामन्त्रीका उम्मेदवार बनेका चालिसे भने केन्द्रीय सदस्य बनेका छन् ।

१४ औँ महाधिवेशनमा चालिसे अर्का सहमहामन्त्री किशोरसिंह राठौरसँग खस आर्य क्लष्टरमा पराजित भएका थिए । राठौरले दुई हजार ५७६ मत पाए भने देवराजले दुई हजार ५९ मत ल्याएका थिए ।

उनै चालिसे बिहिबार बिहानको विशेष पक्षधरको पहिलो बैठकबाट प्रवक्ता बनेका छन् ।

चालिसेसँगै कास्कीबाटै पूर्व जिल्ला सभापति कृष्णबहादुर केसी पनि केन्द्रिय सदस्य थिए । केसीलाई ०७९ को प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उमेदवार हराउन लागेको भन्दै अनुशासन समितिले कारवाही गरेको थियो । तर, फागुन २१ को निर्वाचन नजिकिएपछि उनीसहितको कारवाही फुकुवा भएको थियो । कास्कीकै तिलक रानाभाट पनि सदस्य बनेका छन ।

विशेष महाधिवेशनमा गण्डकीबाट पदाधिकारीमा तनहुँका प्रदीप पौडेल महामन्त्री बनेका छन् । उनी यसअघि १४ औँ महाधिवेशनबाट महामन्त्रीमै पराजित भएका थिए ।

सदस्यहरूमा पर्वतका अर्जुनप्रसाद जोशी, गोरखाका चिनकाजी श्रेष्ठ, टेकराज पौडेल, जगदिशचन्द्र उपाध्याय, तनहुँका ध्रुव वाग्ले निर्वाचत भए । महिलामा बागलुङकी चम्पादेवी खड्का र तनहुँकी चिनु पोखरेल चयन भए भने विष्णुदेवी पाण्डे भूगोलबाट महिला सदस्य बनेकी छिन् । चम्पा प्रदेश सभा सदस्य हुन् । उनी प्रदेश सभाको प्रदेश मामिला तथा कानून समिति सभापति हुन् ।

भूगोलबाट म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य बनेका छन् । अपांगताबाट तनहुँका प्रकाश पन्थ, आदिवासी जनजाति खुलामा बागलुङका भीम श्रीस, आदिवासी जनजातिमा महिलाबाट गोरखाकी मनकुमारी गुरुङ, खसआर्य महिलामा पर्वतकी मुना भुषाल, पुरुषमा नवलपुरका विष्णुकुमार कार्की, मुश्लिममा गोरखाका अब्दुल सत्तार चयन भए ।

मुस्लिमबाट महिलामा पर्वतकी सनम बेगम, दलित क्लष्टरमा गोरखाका दिनेश सुनार चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->