आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

कांग्रेस अब प्रधानमन्त्रीको उम्मेदवार तोकेर जान्छः गगन थापा

कांग्रेस अब प्रधानमन्त्रीको उम्मेदवार तोकेर जान्छः गगन थापा

‘म नै हुन्छु म भन्दिन तर कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार चाहिँ प्रक्रियाअनुसार तोकेरै अगाडि बढ्छ,’ उनले भने।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका छन्। शुक्रबार बेलुका एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै थापाले कांग्रेस प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका हुन्।

उनले आफू नै नभए पनि जो भए पनि प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा अगाडि बढ्ने बताएका हुन्। ‘म नै हुन्छु म भन्दिन तर कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार चाहिँ प्रक्रियाअनुसार तोकेरै अगाडि बढ्छ,’ उनले भने।

उनले कांग्रेसका पूर्व पार्टी सभापति शेरबहादुर देउवाको आशिर्वाद र कार्यबाहक सभापति पूर्णबहादुर खड्काको शुभेच्छा लिएर अगाडि बढ्ने पनि बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->