काठमाडौं / नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वचनका लागि प्रत्यक्षतर्फका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय पनि गरेको छ।
उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिने छ । करिब ८ घण्टा लामो चलेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका छन् ।
स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् । बैठकमा नेता भट्टराईलाई समेत ताप्लेजुंगबाट टिकट नदिने भनेर अध्यक्ष ओलीले भनेका थिए । जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका राम्रो हुनसक्ने र यसअघि पनि राम्रो भूमिका निर्वाह गर्दागर्दै किन चुनाव लड्न नपाउने भनेर जवाफ माग गरेका थिए । ‘तर अध्यक्षले पोजेटिभ जवाफ दिनुभएन’, एक सचिवालय सदस्यले भने, ‘योगेशसहित ११ औँ महाधिवेशनमा अलग समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई कर्नर पार्ने प्रयास गरेको देखियो ।’
भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए । बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रहरूका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ । उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए ।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाएको छ ।
यी हुन् एमालेका प्रत्यक्षतर्फका उम्मेदवारहरुः
सुदूरपश्चिम प्रदेश
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
१. धुर्व शाही
२. कुलमणि देवकोटा
१. नागेन्द्र शाही (नेसनल)
१. शान्तिलाल महत
२. शान्तिबहादुर महत
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. वासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. वीरेन्द्र कडौनिया
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
१. सालिकराम अधिकारी
२. विमला विक
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट
१. भगीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
१. मीनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर वैरागी
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
१. भूमि त्रिपाठी
२. धनबहादुर घले
१. बद्री मैनाली
२. केशव पाण्डे
१. रामेश्वर राना
२. महेश बर्तौला
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
१. मोहन रेग्मी
२. मणिराम फुयाँल
३. रामेश्वर फुयाँल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
१. केदार यादव
२. नवीनकुमार यादव
३. लीलानाथ श्रेष्ठ
४. बिल्टु यादव
१. रामचन्द्र मण्डल
२. उमाशङ्कर अग्रहरी
३. जुली महतो
४. रघुवीर महासेठ
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
१. काजीमान कागते
२. सुहाङ नेम्वाङ
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी