आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

यी हुन् ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार (सूचीसहित)

यी हुन् ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार (सूचीसहित)

राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमानका मान्छेहरू समेटिए


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८२, आइतबार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको बन्दसूची छ।  उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।

राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू समेटिएका छन् । कुलमानको पार्टीका नेता अनुपकुमार उपाध्याय, महेन्द्र लावतीलगायत १७ जनालाई परिवर्तन पार्टीमा समेटिएको छ।

प्रत्यक्ष तर्फको मनोनयन भने आगामी मंगलबार हुँदैछ । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->