मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सुप्रिया गोलेलाई मिस तामाङको ताज

सुप्रिया गोलेलाई मिस तामाङको ताज


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

पोखरा/मिस तामाङ पोखराको उपाधिबिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटलसहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।

प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दीनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृतिसम्बन्धी सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस ब्यूटी विथ परपोजसहित फस्र्ट रनरअप सोममाया तामाङ बनिन् । सोनी तामाङले मिस बेस्टवाक सहित सेकेण्ड रनरअप हँुदा कविना घिसिङ तामाङ मिस पंक्चुवल सहित भ्यूवर्स च्वाइस टाइटल जितिन् । माया लामाले मिस कल्चरसँगै पपुलर अवार्ड हात पारिन् । खुसी तामाङले मिस ट्यालेण्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनिन् ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छन् । फस्ट रनरअपले ताज,ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्यूवर्स च्वाइस र मिस पपुलरका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।

यस अघि कार्यक्रमको उदघाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणलाई अघि बढाउने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दीनेश डिसी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोशिला ब्लोन तामाङ, सह संयोजक शिशा लामा तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ललगायतले बोलेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->