पोखरा/पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ। कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरिबराल, पिसिएम प्रशासक सुशान पौडेललगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बीबीए सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे ।
सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने छन् ।प्रतियोगितामा बीबीए,बीबीए फाइनान्स रबीएससी आइटीका ३०० विद्यार्थीहरूले १ सय १० गोल्ड तथा १सय १० सिल्भर मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि जित्ने टिमले च्याम्पियन्स ट्रफी प्राप्त गर्ने बीबीए कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिए ।





