आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ–१ बाट राजमोका कृष्ण अधिकारीको उम्मेदवारी दर्ता

बागलुङ–१ बाट राजमोका कृष्ण अधिकारीको उम्मेदवारी दर्ता


  • रञ्जिता शर्मा
  • माघ ६ २०८२, मंगलबार

बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले बागलुङ क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकारीको समर्थकमा नेकपा कृष्ण केसी र प्रस्तावकमा राष्ट्रिय जनेमार्चाका थानेश्वर सुवेदी रहेका छन् । नेकपाबाट कृष्ण केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारको टिकट पाएपनि दुई पार्टीबीच चुनावी तालमेल भएपछि पछि हटेका हुन् ।

बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गरेका छन् । चुनावी सहकार्यमा बागलुङको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद अधिकारी र निर्वाचन क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे अनिललाई साझा बाम उम्मेदवारका रुपमा अगाडि सारेका हुन् ।

यी दुई कम्युनिष्ट घटकले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी चुनावी तालमेलबारे जानकारी गराएका हुन् । उम्मेदवारी दर्तापछि अधिकारीले अबको निर्वाचनमा देश, संविधान र जनताले हार्न नहुने भएकोले बाम सहकार्य गरिएको उल्लेख गर्दै आफु निर्वाचित भएपछि शान्ति, समृद्धि र विकासको पक्षमा कार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->