बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समाजको डरले कुष्ठरोगीको पहिचानमा समस्या

समाजको डरले कुष्ठरोगीको पहिचानमा समस्या


  • ढाेरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

म्याग्दी/औषधि सेवनले निको हुने भएपनि समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको म्याग्दीको सदरमुकाम बेनीम आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । औषधि सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणका लागि समाजमा अझै पनि रोग लुकाउने, लुकिछिपी बस्ने, बाहिर खुलेर कुरा नगर्ने अवस्थाका रहेको बताइएको थियो । ७३ औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कुष्ठरोग सम्बन्धि कार्यक्रममा म्याग्दी कुष्ठरोग उन्मुलन उन्मुख रहेको पाइएको छ ।

जनस्वास्थ्य समस्याका रूपमा देखिएमा चालु आर्थिक वर्ष २०८२÷०८३ सालमा एक जना नयाँ कुष्ठरोगी भेटिएका छन् भने नियमित औषधि खाने पुरानो ३ जना बिरामी रहेको जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले बताए । पछिल्लो पाँच बर्षमा सबैभन्दा धेरै आ.व. ०८०÷०८१ सालमा ५ जना, ०८१÷०८२ मा चार जना बिरामीको पहिचान भएको थियो ।

‘नयाँ बिरामीको अवस्था सामान्य खालकै छ । अझैपनि कुष्ठरोगका बिरामीलाई लुकाउने गलत मानसिकता कायमै छ’, सुवेदीले भने । नयाँ बिरामी मालिका गाउँपालिकाको रहेकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र पर्वत जिल्लाका दुई जना पुरानो बिरामीले बेनी अस्पतालमा औषधी लिने गरेका छन् ।

१० हजार जनसंख्यामा १ जनालाई भेटिने अनुमान गरिन्छ । म्याग्दीको कुल जनसंख्याको तुलनामा बिरामीको संख्या कम भएपनि सचेत र बिरामीको पहिचान तथा सम्मानमा समाजले धेरै भूमिका खेल्ने जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीको भनाई छ । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध समेत गरे ।

कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको बेनी अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले बताए । माइकोब्याक्टचोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ । कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खा देखा पर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांसपेशी कमजोर हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->