आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुष्ठरोगबारे सचेतना अभियान

कुष्ठरोगबारे सचेतना अभियान


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

बागलुङ/कुष्ठरोगबारे आम जनमानसमा सचेतना अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ ।

बागलुङ लक्षित कार्यक्रम भएपनि अभियानअन्र्तगत पोखरामा समेत सचेतना अभियान र अन्तक्रिया गरिएको हो । सहरी क्षेत्रमा बढी सचेतना आवस्यक भएपछि परियोजनामार्फत पोखरा–१५ मा रहेका टोल विकास संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको हो ।

सचेतना अभियानमा स्थानीय आमा समूह, युवा, बाल क्लब, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी समेत सहभागि भएका छन् । उनीहरुलाई कुष्ठरोगबारे जनचेतना जगाउने र आवस्यक सुझाव लिने काम सम्पन्न भएको हो ।

पृथ्वीचोकमा आयोजिक कार्यक्रममा कुष्ठरोगबारे डिजिटल बोर्ड समेत राखेर सूचना प्रशासरण गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कुष्ठरोग लुकाएर राख्ने नभइ समयमा उपचारको दायरामा ल्याउनुपर्ने बताए । उनले हरेक रोगीले समाजमा मिलेर बस्ने वातावरण बनाउने, समयमा उपचार सेवा पाउने व्यवस्थापनका लागि सरोकारवालाको भूमिका महत्वपुर्ण हुने समेत बताए ।

गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका, आइएनएप हरियोखर्क अस्पताल, नेपाल कुष्ठरोग निवारण संस्था, फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले यो अभियानमा साझा अभियान चलाउने भएका छन् । यो अभियानमार्फत बिरामीलाई पहिचान गरेर उपचारको दायरामा ल्याउने लक्ष्य राखिएको छ ।

पछिल्लो समय उष्णप्रदेशिय रोगहरु समाजमा बढ्दैछन् । ती रोगलाई पहिचान गर्ने, समाजमा भेदभावको भावना हटाउने र समयमा उपचार गरी निको पार्ने चुनौती समेत बढेको छ । यो चुनौती पुरा गर्ने अभियानमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाले लक्षित कार्यक्रम बनाएर अगाडि बढेको कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->