सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की कांग्रेसद्वारा बास्तोलाको स्वास्थ्यलाभको कामना

कास्की कांग्रेसद्वारा बास्तोलाको स्वास्थ्यलाभको कामना


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८२, मंगलबार

पोखरा/कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार माधव बास्तोला ‘मधु’घाइते भएका छन् । चुनावी भेटघाटका क्रममा पोखराको फुलबारीमा आइतबार साँझ सिँढीबाट चिप्लिएर लडेका बास्तोला उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए ।

अस्पतालका निर्देशक प्रा. डा. अभिषेक मास्केले सोमबार विज्ञप्ति जारी गर्दै बास्तोलाको हात भाँचिएको र शल्यक्रिया गरिएको जानकारी दिएका छन् । उनका अनुसार बास्तोलाको बाँया हातको नाडीमाथि हड्डी भाँचिएको छ। शल्यक्रिया पश्चात बास्तोलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हातको शल्यक्रिया पश्चात उम्मेदवार बास्तोलाले चिकित्सकको सल्लाह अनुसार अहिले आराम गरिरहेको बताएका छन् ।

यसैबीच प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोलाको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सोमबार एक प्रेश विज्ञप्ति प्रकाशित गरी बास्तोलाको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘उहाँको स्वास्थ्यको खबर सुनेर नेपाली काँग्रेस दुःखी बनेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तपाईं चाँडै स्वस्थ हुनुहुनेछ र पुनः सक्रिय भूमिकामा फर्कनुहुनेछ ।’ बास्तोलाको संघर्ष र समर्पण सधैं पार्टीलाई प्रेरणा बनेको बताउँदै यस कठिन घडीमा पार्टी सधै साथमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->