आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा चार थान भरुवा बन्दुक बरामद

बागलुङमा चार थान भरुवा बन्दुक बरामद

इलाका प्रहरी कार्यालय हरिचौर गलकोट मातहत रहेको प्रहरी चौकी भात खानेडाँडाका प्रहरीका प्रहरी सहायक निरीक्षक चेतराम चौधरीको कमाण्डमा खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।


  • ढाेरपाटन संवाददाता
  • माघ २८ २०८२, बुधबार

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाइ राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो ।

अवैध हतियार नियन्त्रण गर्ने अप्रेसनअन्तर्गत मंगलबार इलाका प्रहरी कार्यालय हरिचौर गलकोट मातहत रहेको प्रहरी चौकी भात खानेडाँडाका प्रहरीका प्रहरी सहायक निरीक्षक चेतराम चौधरीको कमाण्डमा खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

आसन्त प्रतिनिधि सभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपायोग भइ निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुने सक्ने तथ्यलाई मुल्यांकन गर्दै इजाजत पत्र नलिई लुकाइछिपाई राखिएका हातहातियार बरामद तथा संकलन गर्नको लागि प्रहरीले अप्रेसन टोली खटाइ स्थानीयको सहयोगमा जंगल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घरगोठमा लुकाइ राखेका एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च अपरेशन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरुमा भेटाएकाले थप खोजी भैरहेको भारतीले बताए ।

बरामद भएका अधिकांस घरेलु रुपमा बनाइएका हतियार भएपनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको प्रहरी उपरिक्षक भारतीले बताए । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिनलगायतका खरखजाना भने बरामद भएको छैन । बरामद हतियार सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटो पनि अगाडि बढेको भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->