आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘आत्महत्या घटाउने प्रयासमा साझा प्रयास गरौं’

‘आत्महत्या घटाउने प्रयासमा साझा प्रयास गरौं’


  • ढाेरपाटन संवाददाता
  • माघ २९ २०८२, बिहिबार

बागलुङ/जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाको भनाइ छ । मानसिक समस्या बढ्दै जाँदा आत्महत्यासम्म पुग्ने गरेको तथ्यलाई ध्यान दिएर अबका उपचारहरु केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको मानसिक स्वास्थ्य प्रवद्र्दन र आत्महत्या रोकथाम विषयक पत्रकार अन्तरक्रियामा सरोकारवालाले लक्षित वर्गलाई समयमा चिन्न सकेमा आत्महत्याको दर घटाउन सकिने बताए ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले मानसिक समस्या बढ्दो अवस्था रहेकोले युवा तथा किसोर समूहको वास्तविक आवस्यकताको खोजी गर्ने र समस्या समाधानमा सबैको चासो बढाउनुपर्ने बताए । उनले मानसिक समस्याको शुरुवातमै रहेका नागरिकलाई उपचारमा ल्याउन सकेमा आत्महत्या दर घटाउन सकिने बताए । उनले स्वाथ्यकर्मी, प्रहरी, नागरिक समाजमा अगुवा र संचारकर्मीको पहलले आत्महत्या न्युनिकरण गर्न सकिने र अन्य हिंसाका गतिविधि पनि पत्ता लगाउन सकिने बताए ।

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेका अनुसार आत्महत्या गर्नेहरु पनि कतिपय हिंसामा परेका, आर्थिक, सामाजिक र मानसिक पीडा भोगेकाहरु हुने गरेका छन् । उनीहरुले मानसिक समस्या भई आत्महत्यासम्म रोज्ने गरेका हुन् । पाण्डेका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा ५६ जनाले झुण्डीएर आत्महत्या गरेका थिए भने २ जनाले बिष सेवन गरेका र ४ जना हामफालेर आत्महत्या गरेका थिए । चालु वर्ष पनि २७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

यो संख्या कम गर्न अन्य हिंसा घटाउने र किसोर तथा युवा अवस्थामा आउने आर्थिक, मानसिक, शारिरीक लगायतका समस्या समाधान गर्न मनोसामाजिक परामर्श गराउनुपर्ने उनले बताए । पछिल्लो समय बागलुङ नगरपालिकाले २० जनाबढी मनोपरामर्शकर्ता उत्पादन गरेको छ । ‘अब हरेक समाजमा मनोसामाजिक परामर्शकर्ता चाहिएको छ’ शर्माले भने, ‘घरपरिवारका सदस्यलाई सही सूचना दिने र उनीहरुलाई सचेत बनाउँदा परिवारका सदस्य सुरक्षित बन्छन् ।’

घरेलु हिंसा, सामाजिक दबाव, एक्लोपन, दिर्घरोगी, बेरोजगारी जस्ता समस्याले आत्महत्याको बाटो रोज्ने गरेको पनि अध्ययनले देखाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रदेश जनस्वास्थ्य कार्यालयले अबदेखि उपचार पद्दतीमा भन्दा मानसिक रोग लाग्नै नदिनेतर्फ स्वास्थ्य सेवा प्रवाह गर्ने शर्माले बताए । संवेदनशिल बिषयको रिर्पोटिङमा संचारकर्मीले पनि सकारात्मक सन्देश प्रवाह गर्न सकेमा आत्महत्या न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत समिता घिमिरेले मानसिक स्वास्थ्य प्रवद्र्दन र आत्महत्या रोकथाम गर्न संचार क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्ने बताइन् । उनले कतिपय अनलाइनले आत्महत्याका समाचारलाई प्राथमिकता दिंदा घटना बढेको बताइन् । अध्ययनले अंग्रेजी पत्रपत्रिका र अनलाइनमा आत्महत्याका समाचारले बढी प्राथमिकता पाएको समेत उनले बताइन् ।

नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले भने बागलुङका पत्रकारले आत्महत्याका समाचारमा चासो नराखेको, मानसिक रोगको उपचार र सफलताका विषयमा लेखन बढाउने बताए । उनले नकारात्मक सन्देश फैलाउने काममा महासंघ गम्भिर रुपमा लाग्दै न्युनिकरणको काममा सक्रिय रहने बताए ।

धौलागिरि अस्पतालका डाक्टर सरोजकुमार पजियारले मानसिक बिरामीको उपचार गर्दा जोखिम उमेर समूह हेर्ने, घरेलु हिंसा, सामाजिक दबाव, एक्लोपन, परनिर्भर र बेरोजगारी जस्ता समस्याले पारेका असरबारे खोजी गरेर मनोसामाजिक परामर्श गराइएको बताए । अस्पतालमा आधारिक एकद्वार संकट व्यवस्थापन केन्द्रले पनि ती विषयलाई सम्बोधन गरेर उपचार गराएको उनको भनाइ थियो । केन्द्रले पछिल्लो एक दशकदेखि हिंसामा परेर आएकाहरुको उपचारसहित मानसिक रोगबाट निको बनाउने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->