सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास

निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास

बेनीमा भएको अभ्यासको क्रममा सुरक्षा फौजले सम्भावित जोखिम र आपतकालीन परिघटनामा गरिने सुरक्षात्मक कारबाहीको अभ्यास प्रदर्शन गरेका थिए ।


  • अमृत बास्कुने
  • फाल्गुन १० २०८२, आइतबार

म्याग्दी/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई चुस्त र प्रभावकारी बनाउन म्याग्दीको बेनीमा मतदान तथा सुरक्षा अभ्यास गरिएको छ । बेनीको खुल्लामञ्चमा निर्वाचन लक्षित गरेर नमुना मतदान तथा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको हो ।

निर्वाचनलाई भयरहित तबरले सञ्चालन गर्न तथा भैपरी आउने असहजतामा कसरी काम गर्ने भन्ने सन्दर्भमा अभ्यास गर्न जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कार्यालयका कर्मचारी, निर्वाचन कार्यालयका कर्मचारीको सहभागिता थियो । निर्वाचनको समयमा हुनसक्ने सम्भावित असहजतालाई कसरी नियन्त्रण गर्ने भन्ने नै अभ्यासको मुख्य उद्देश्य थियो । साथै, सुरक्षा निकायका कर्मचारीलाई मतदानस्थल तथा मतदान केन्द्र सञ्चालन सम्बन्धी जानकारी दिनु तथा आमनिर्वाचनमा हुन सक्ने असहज परिस्थितीका लागि तयारी गर्नु रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

बेनीमा भएको अभ्यासको क्रममा सुरक्षा फौजले सम्भावित जोखिम र आपतकालीन परिघटनामा गरिने सुरक्षात्मक कारबाहीको अभ्यास प्रदर्शन गरेका थिए । प्रजिअ आचार्यका अनुसार, अभ्यासले निर्वाचनमा खट्ने सुरक्षा निकायबीच समन्वय र सहकार्य सुदृढ भएको छ । अभ्यास कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आचार्यसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->