शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका आठ पालिकामा एचपिभि खोप लगाउन शुरु

बागलुङका आठ पालिकामा एचपिभि खोप लगाउन शुरु

यसअघि गलकोट नगरपालिका र तारोखोलाका किशोरीलाई एचपिभि खोप लगाईसकिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । गलकोटका २ सय ६७ र ताराखोलाका ५४ किशोरीलाई खोप लगाईएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८२, मंगलबार

बागलुङ/जिल्लाका आठ पालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाउन शुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटनका, बरेङ, बडिगाड, तमानखोला, निसीखोला र काठेखोलाका किशोरीलाई खोप लगाउन शुरु गरिएको हो ।

यसअघि गलकोट नगरपालिका र तारोखोलाका किशोरीलाई एचपिभि खोप लगाईसकिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । गलकोटका २ सय ६७ र ताराखोलाका ५४ किशोरीलाई खोप लगाईएको छ ।

यसवर्ष जिल्लाका २ हजार ३ सय २ किशोरीलाई एचपिभि खोप लगाउने योजना छ । तोकिएको उमेर समूहका कोही नछुटाउने गरी जनस्वास्थ्य कार्यालयले खोपका लागि विद्यालय र घरघरसम्म पुग्ने टोली समेत गठन गरेको छ ।

एचपिभि खोप अभियानसंगै नियमित खोप सेवा र छुटेका बालबालिकालाई खोपमा जोडिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको छ ।

गतवर्ष १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको थियो । सो अभियानमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, यो वर्ष कक्षा ६ मा पढ्ने किशोरीबाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्यांक छ । उनीहरुलाई पनि घरमै पुगेर खोप लगाइने भएको छ ।

कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने जनाएको छ । हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक समेत गर्नुपर्ने प्रावधान छ । आगामी बैसाख महिनाभित्र खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->