पोखरा/पोखरा–८ सिमलचौरमा शैक्षिक सत्र २०८२ अन्तर्गत विद्यालय स्तरीय कक्षा ६ देखि १२ मा अध्ययनरत विद्यार्थीहरुबीच विद्यालय अन्तर कक्षा तथा संकायमा आयोजित अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिका विविध विधाहरुमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरणसम्पन्न भएको छ ।
यस शैक्षिक सत्रमा संचालित भलिबल, बास्केटबल, टेबल–टेनिस, ब्याडमिन्टन, रस्साकस्सी जस्ता खेलहरुकासाथै सह–पाठ्यक्रम गतिविधिअन्तर्गत अंग्रेजी र नेपाली दुबै माध्यमका निवन्ध लेखन, हिज्जे, वक्तृत्वकला आदि विधाहरुमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने संकाय तथा विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरियो ।
उक्त कार्यक्रममा सस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको अपरिहार्यता रहने बताए भने संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले विजयी विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरे ।




