बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सौरव हत्या आरोपमा प्रकाश विक पक्राउ

सौरव हत्या आरोपमा प्रकाश विक पक्राउ

मृतक विकसँगै जंगलमा भेडाको उन काट्न, गोठ सार्न गएका प्रकाशले पछाडीबाट टाउकोमा दाउराले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


  • अमृत बास्कुने
  • चैत्र ९ २०८२, सोमबार

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका २४ वर्षिय सौरव वि.क.को हत्या गरेको आरोपमा २२ वर्षिय प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८२ फागुन ७ गते सौरब विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको भनिएको घटनामा मृत्यु नभई हत्या भएको भन्दै प्रकाशलाई पक्राउ गरिएको हो ।

मृतक सौरवको पोष्टमार्टम रिपोर्ट आएपछि हत्या भएको पुष्टी भएपछि अनुसन्धान गरी प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए । मृतक विकसँगै जंगलमा भेडाको उन काट्न, गोठ सार्न गएका प्रकाशले पछाडीबाट टाउकोमा दाउराले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टमा टाउको र पछाडीबाट प्रहार गरेको आएपछि घटनाको अनुसन्धानको क्रममा आरोपीको बयानले हत्या गरेको स्वीकार गरेको सुचना अधिकारी सागर तिमिल्सिनाले बताए । आरोपी र मृतकबीच पारिवारिक सम्बन्धका कारणले घटनाको वास्तविकता लुकाउने प्रयास भएको बुझीएको छ ।

घटनास्थल, पोष्टमार्टम रिर्पोट र आरोपितको बयान मेल खाने प्रमाणका आधारमा हत्यामा संलग्न बिकमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सुचना अधिकारी तिमिल्सिनाले बताए । मृतकको पोष्टमार्टम रिर्पोट अगाडी पीडित र पिडक पक्षबाट प्रमाणहरू लुकाउने प्रयासहरू भएकाले एक महिनापछि मात्रै आइतबार जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->