सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा लक्ष्यभन्दा कम क्षयरोगी भेटिए

म्याग्दीमा लक्ष्यभन्दा कम क्षयरोगी भेटिए

बेनी नगरमा १३ जना, अन्नपुर्णमा ५ जना, मंगलामा ३ जना, मालिकामा ७ जना, रघुगंगामा २ जना र धौलागिरी गाउँपालिकामा १ जना पहिचान ।


  • अमृत बास्कुने
  • चैत्र १० २०८२, मंगलबार

म्याग्दी/विश्व स्वास्थ्य संगठनको लक्ष्य भन्दा निकै कम संख्यामा क्षयरोगी म्याग्दीमा पहिचान भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति एक लाख जनसंख्यामा २४५ जनामा क्षयरोगी पत्ता लाग्नु पर्ने हुन्छ । तर म्याग्दीमा चालु आर्थिक वर्षमा निकै न्यून संख्या देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

म्याग्दीमा चालु वर्षमा बेनी नगरपालिकामा १३ जना, अन्नपुर्ण गाउँपालिकामा ५ जना, मंगला गाउँपालिकामा ३ जना, मालिका गाउँपालिकामा ७ जना, रघुगंगा गाउँपालिकामा २ जना र धौलागिरी गाउँपालिकामा १ जना गरी कुल ३१ जना बिरामी पहिचान भएको हो ।

बिश्वमा पहिलो पटक १८८२ मार्च २४ मा क्षयरोगको जिवाणु पत्ता लगाएकोले त्यही दिनको सम्झनामा मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ ।

विश्व क्षयरोग दिवसको अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले म्याग्दीमा लक्ष्यभन्दा निकै कम मात्रै पहिचान भएको बताए । उनका अनुसार गण्डकी प्रदेशमा ११ जिल्लामा कुल एक हजार चार सय ५२ जनामा पुष्टि भएको छ । सबै भन्दा कम मुस्ताङमा १० जनामा क्षयरोग पुष्टि भएको छ भने सबै भन्दा बढी नवलपरासी सुस्ता पूर्वमा तीन सय ५९ जनामा पुष्टि भएको ठकुराठीको भनाई छ ।

क्षयरोग सबै भन्दा जोखिमयुक्त रोग भएको हुनाले यसलाई कसैले पनि हेलचेक्राई गर्न नहुने ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो वर्षमा विश्वमा १६ लाख मानिसहरु क्षयरोगबाट मृत्यु हुने भएको हुनाले यसलाई कसैले पनि हेलचेक्राई गर्न हुदैन । क्षयरोगीलाई एचआइभी तथ एड्स भएको खण्डमा मृत्यु निश्चित हुने भएको हुनाले यस्तो समस्या भएकाहरुले सचेत हुनु पर्ने जनाइएको थियो ।

विश्वको कुल क्षयरोगी मध्ये भारतमा मात्रै २८ प्रतिशत भएको हुनाले नेपाल सँधै जोखिममा हुने बताइएको छ । विश्वका रोगीहरु मध्ये इन्डोनेसिया ९ दशमलब २, चीन सात दशमलब ४, फिलिपिन्समा ७ र पाकिस्तानमा पाँच दशमलब ८ प्रतिशत क्षयरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएका छ ।

क्षयरोगको नियमित औषधि सेवन गरेमा पूर्ण रुपमा निको हुने भएकोले नियमित प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्नु पर्ने स्वास्थ्य कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो । एक जना क्षयरोगीले १० देखि २५ जनामा रोग सार्न सक्ने भएकाले यो जोखिमयुक्त रोग पनि हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, स्वास्थ्य कार्यालयका मेडिकल टेक्नोलोजिष्ट मिनराज न्यौपाने लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->