सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक


  • Dhorpatan News
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/ नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् ।

संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने अध्यक्ष अथकले जानकारी दिएका छन् । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए । नव निर्वाचित कार्यसमितिलाई यस अघिको समितिले माईन्यूट हस्तान्तरण गरेको थियो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताए । उनले देशको कठिन घडीमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गरे । संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->