पोखरा / लेखनाथस्थित मालपोत कार्यालयमा आअएका सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले आइतबार ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्यालय परिसर भित्र प्रवेश गरी सेवाग्राहीहरुलाई दुख हैरानी दिई अभद्र व्यवहार गरी रहेका २ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
यसैगरी कार्यालय परिसर बाहिर सेवाग्राहीहरुलाई विभिन्न बहना बनाई आफ्नो लेखापढी व्यवसायमा नै आउन बाध्य बनाउने ३ जनालाई नियन्त्रणमा लिई अवउप्रान्त त्यस्तो कार्य नगर्ने प्रतिवद्धता जनाए पश्चात आफन्तको जिम्मा लगाई छाडिएको कास्की प्रहरीका डिएसपी एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए ।





