सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जेन जी आन्दोलनमा जेलबाट भागेकी युवती लागुऔषधसहित पक्राउ

जेन जी आन्दोलनमा जेलबाट भागेकी युवती लागुऔषधसहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८२, सोमबार

पोखरा/ कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वतको कुश्मा घर भई हाल पोखरा–२९ बस्ने २६ वर्षीया सिमा दर्जीलाई पक्राउ गरेको हो। उनी जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार भएकी थिइन् ।

प्रहरीका अनुसार दर्जीको साथबाट डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद भएको छ । पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी हुन्। तर, गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनको मौका छोपेर उनी कारागारबाट फरार भएको खुलेको छ। जेलबाट भागेपछि पुनः लागुऔषधकै कारोबारमा सक्रिय रहेको अवस्थामा उनी नगदसहित प्रहरीको फन्दामा परेकी हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->