बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ

छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

पोखरा/छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित विदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा १२ का विद्यार्थीको विदाइ गरिएको हो ।

कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीलेविद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे।

विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद बस्यालले अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमता विकासमा विद्यार्थीले ध्यान दिनुपर्ने बताए ।

प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्दै समयको सदुपयोग गर्न सुझाए ।

सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले आगामी बोर्ड परीक्षाको सफलताको कामना गर्दै सिकेका ज्ञान र सीपले नै भोलिको जीवनको मार्गदर्शन गर्ने स्पष्ट पारे ।

कक्षा १२ कासुशान्त पौडेलले कार्यक्रम आयोजना गरेकोमा विद्यालय तथा कक्षा ११ का विद्यार्थीप्रति धन्यवाद दिए ।

कक्षा ११ का विद्यार्थी समृद्धि तिमिल्सीना, सोनिया रेग्मीलगायतले बिदाइ कार्यक्रम अविस्मरणीय रहेको धारणा राखे ।

कक्षा ११ का आयुष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सोनिया रेग्मीले स्वागत तथा संचालन विद्यार्थी सुबीर रेग्मी, राजन पौडेल, दीक्षा पोख्रेल र किञ्जल पोख्रेलले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->