शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

काठमाडौं / नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।त्यसपछि पुनः चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।

सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->