बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माउण्ट अन्नपूर्णमा शिक्षकलाई उत्प्रेरणा तालिम

माउण्ट अन्नपूर्णमा शिक्षकलाई उत्प्रेरणा तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८३, आइतबार

पोखरा/पोखराको नदीपुर, भिसी मार्गमा रहेको माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा शिक्षककोे लागि एकदिने उत्प्रेरणा तथा शिक्षण विधि सम्बन्धी तालिम सम्पन्न भएको छ ।

शैक्षिक सत्र २०८३ को सुरुवातसँगै शिक्षण–सिकाइ प्रक्रियामा नवप्रवर्तन र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव नवराज पौडेलले शिक्षक उत्प्रेरण र कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापको सम्बन्धमा सहजीकरण गरेका थिए ।

विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले विद्यालयलाई आगामी दिनमा अब्बल बनाउने लक्ष्यका साथ पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा जोड दिनको लागि तालिम आयोजना गरिएको बताए ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले शिक्षकहरूको क्षमता विकासका लागि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका इसिए डाइरेक्टर तेज बहादुर गुरुङले आधुनिक शिक्षण प्रणालीलाई आत्मसात् गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनुपर्नेमा जोड दिए । उनले शिक्षकहरू केवल पाठ्यपुस्तकमा सीमित नभई सिर्जनात्मक, प्रविधिमैत्री र व्यवहारिक शिक्षणतर्फ उन्मुख हुनुपर्ने बताए । उनले यस्ता तालिमले शिक्षकहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै कक्षाकोठामा नवीन तरिका प्रयोग गर्न प्रेरित गर्ने उल्लेख गरे ।

तालिममा विभिन्न प्रयोगात्मक तथा अभ्यासात्मक विधिमार्फत शिक्षण सीप अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण दिइएको एकेडेमिक हेड सेजल बिजुक्छेले बताए । तालिममा विद्यालयका ५५ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->