शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

१३ हजार घरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध 

१३ हजार घरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध 


  • ढाेरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार
स्याङ्जा/  बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् ।
गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि विद्युत सेवा अबरुद्ध भएको हो । विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका ती उपभोक्ता विद्युत् विहीन भएका हुन् ।
ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिए । ‘हामीसँग भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल लगेका छौँ,’ उनले भने, ‘मर्मतका लागि समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर प्रयोगका लागि माग गरिएकामा ट्रान्सफर्मर प्राप्त भएको छ, ल्याएर जडान गर्न केही दिन लाग्छ ।
सो कम्पनीको वालिङअन्तर्गत करिब १८ हजार ५०० उपभोक्ता छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->