आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘डुंगा खियाउनुअघि मौषम हेरौँ’

‘डुंगा खियाउनुअघि मौषम हेरौँ’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

पोखरा/भूगोलविद भानु पराजुलीका मौषम विभागले गरेको पूर्वानुमान पोखराको हकमा लागू हुँदैन । टन्टलापुर घाम लाग्दालाग्दै एकाएक पानी परिदिन्छ, एउटा भागमा पानी र हावाहुरी आइरहँदा अर्को भागमा घाम लागिरहेको हुन्छ ।

‘पोखरा वरपरका पहाडहरूले पूर्वबाट आउने बादल रोक्छन् र कमजोर पार्छन् , स्थानीय मौसम चक्रः पूर्वमा व्यापक नमी र चक्रवर्तीय गतिविधि हुँदा पश्चिमी क्षेत्रमा अपेक्षाकृत स्थिर उच्च दवाब क्षेत्र बन्न पुग्छ । यसलाई स्थलाकृतिक छायाँ प्रभाव भनिन्छ,’उनले भने,‘नजिक हिमाल भएकाले यहाँको हावाको गति नै फरक पारेकाले पोखरामा मौषमको पूर्वामान गर्न नसकिएको हो ।’

जलविज्ञ इन्जिनियर विनोद पराजुलीका अनुसासर पहिलो (पोखरा)यस्तो उपत्यका हो, जसको वरपर उच्च पहाड र हिमालहरु छन् । खासगरी यसको माथिल्लो भागमा रहेको कालीगण्डकी गर्ज साँघुरो छ । त्यसले दक्षिणतिरबाट गएको हावालाई मुस्ताङतिर छिर्न दिँदैन । पानी बोकेको बादल त्यहाँबाट फर्कँदा पर्वत,कास्कीको लुम्ले र पोखरालगायतका क्षेत्रमा पानी बढी पर्छ । यो क्षेत्रमा बढी पानी पर्नुको कारण एउटा यही हो । अर्को कुरा–पोखराको आफ्नै एउटा बाष्पिकरण प्रक्रिया छ । पोखरामा ८ वटा ताल छन् । ती तालहरुबाट निरन्तर पानी बाफ बनिरहेको हुन्छ । त्यो बाष्पिकरण प्रक्रियाले बादलमा पानी गइरहेको हुन्छ र त्यो बाफ बोकेको बादलाई यहाँका डाँडाकाँडाले बाहिरिन दिँदैनन् र उत्तरी हिमाली क्षेत्रमा त्यो बादल पुग्दा चिसिएर पानी बन्छ अनि पानी पर्छ । त्यही भएर सामान्यतयाः तालबाट दैनिक एक मिलिलिटर पानी यसरी बाफ बनेको हुन्छ । त्यसले गर्दा दिउसो १ वा २ बजेपछि पोखरामा पानी पर्ने गरेको हो

मौषममा अचानक आउने यही फेरबदलले पोखराको जनजीवन प्रभावित बन्ने गरेको छ । खासगरी फेवातालमा हुने नौका विहार र प्याराग्लाइडिङ अचानक बदलिने मौषमको चपेटामा पर्छन् । एकाएक आकासमा बादल आइदिँदा वा पानी र हावाहुरी चल्दा प्याराग्लाइडिङ उडान असुरक्षित बन्न भने हावाहुरीसँगै छाल आउँदा फेवामा डुंगाहरु पल्टने सम्भावना बढ्छ ।

पोखराको फेवातालले यस्तो नियति भोग्दै आएको छ । फेवामा नौका विहार गर्नेले ‘लाइफ ज्याकेट’ लगाउनै पर्छ तर डुंगा नै पल्टिँदा त्यसले पनि काम नगर्न सक्छ । मान्छेको ज्यान जाने सम्भावना रहन्छ । फेवामा हुने दुर्घटना रोक्नको लागि सशस्त्र प्रहरी बलले त्यहाँ सुरक्षा पोष्ट नै राखेको छ । गोताखोरसहितको त्यो अग्लो सुरक्षा पोष्टमा रहने गोताखोरहरु हावाहुरी वा अन्य कारणले फेवामा डुंगा दुर्घटना हुँदा तत्काल उद्धारको लागि खटिने गरेका छन् ।

शनिबार पनि पोखरामा दिउँसो २ बजेपछि मौषम बदलिन सुरु ग¥यो । अपरान्ह ४ बजेतिर चाहिँ फेवाको पामे क्षेधमा कायाकिङ गर्दै गरेका २ जना तालकै बीचम फस्न पुगे । तालको बीचमा फसेकाकाठमाडौँ सिनामंगल बस्ने ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्कालाई तत्काल सशस्त्र प्रहरी बलले उद्धार ग¥यो । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गणका अनुसार कास्कीबाट फेवा रेस्क्यू टावरमा खटिएका टोलीले रहेको १० जनाको विशेष टोलीले कडा परिश्रमपछि उनीहरुलाई सुरक्षित ठाउँमा ल्याएके हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->