शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विधार्थीहरुलाई करिएर गैडंस परामर्शको महत्व

विधार्थीहरुलाई करिएर गैडंस परामर्शको महत्व

अभिभावकको नाताले तपाईँले आफ्ना बाबुनानीहरूलाई नयाँ क्षेत्रहरूको पहिचान गर्न र ती क्षेत्रहरूमा रूचिको खोजी गर्न मद्दत गर्न सक्नु हुन्छ ।


  • पूर्णशोभा महर्जन
  • जेष्ठ ६ २०८३, बुधबार

हाल एसईई दिएर बसेका विधार्थीहरुलाई करिएर गैडंस परामर्श दिनु आवस्यकता छ । मैले एसईई दिनु पूर्व र दिए सकेपछि यसको महत्व अझ बढी चाहिन्छ वन्ने अनुभव गरेको छु । एसईई को रिजल्ट निस्केको भोलिपल्ट बिहान १० बजेको समयमा मैले एकजना विधार्थीलाई भेटेको थिए । उसको अनुहारमा उज्यालोपन थिएन। मलाई चासो लाग्यो र सोधे, तिम्रो एसईईको रिजल्ट कस्तो छ ? उत्तरमा उसले दिएको जवाफ थियो, मेरो राम्रो छैन, बिज्ञानमा बिग्रियो ।

फेरी मैले प्रश्न सोधे के तिमि फेल भयो र ? उसको जवाफ आयो होइन, मैले ४ आउछ भन्ने थियो ३.४ आयो, मेरो डाक्टर बन्ने सपना थियो तर मेरो सपना खराब भयो, अब म भबिष्यमा के बन्ने हो थाहा छैन। अन्यौलमा परे । घरमा बाबाले तिमि पढ्न सक्दैनौ,  तिमीले हाम्रो सपना पुरा गरिदिएनौ, अब तिमीले कम्प्युटरमा पढ भन्ने दवाव मेरो अगाडी नै बसेर गर्दै गरिराखेको देखे, मेरो सोचाईमा चलेको कुरा यहाँ मैले लेख्न खोजेको छु ।

हाम्रो पालोमा एसएलसी भन्ने थियो, त्यो समयमा पास हुनु नै ठुलो कुरा हुन्थियो । हुन त पढ्ने विधार्थीहरुलाई diction आउनुपर्छ वन्ने मान्यता हुन्छ, अरु सामान्य विधार्थीहरुलाई त पास हुनु नै संसारको ठुलो लडाई जितेर आएको जस्तो गर्व महसुस हुन्छ  । तर अहिलेका विधार्थीहरुलाई खाली number मा सफलतालाई जोडिएर हेरिएको पाए । यसमा शिक्षक, अभिभावक र समुदायका सबैले मुल्यांकन गर्ने भएको छ ।

यो number मा मुल्यांकन गर्नुको अर्को कारण भनेको छोराछोरीलाई विदेश पठाउन तयारी गर्नलाई रहेछ । मैले तपाई किन यतिधेरै चिन्तित हुनुभाको भन्ने क्रममा अब छात्रवृतिको लागि गाह्रो हुने भयो भन्ने हुन्छ । अब उसलाई अमेरिका पठाउने सोच थियो डाक्टर पढाई भएपछि परिवारलाई त्यहा जानलाई सहज हुन्छ वन्ने जवाफले गर्दा मलाई यो लेख्न मन लाग्यो । अहिले को शिक्षालाई बिदेशमा जाने license का रुपमा लिन थालेको जस्तो मलाई लाग्यो ।

हामी आमाबुबाले कसरी हुर्काएका छौँ भन्ने कुरा सम्झिँदा मलाई धेरै चिन्ता लाग्न थाल्यो। हामीले आफ्ना छोराछोरीलाई सफल हुनु भनेको उच्च अंक ल्याउनु, अरूलाई जित्नु, र आफूलाई राम्रो लाग्यो भने मात्रै ठीक हो भन्ने तरिकाले हुर्काएको जस्तो मलाई लाग्छ। नम्बरलाई नै सफलताको बाटो देखाउने प्रवृत्ति प्रस्ट देखिन्छ।

भावनात्मक नियन्त्रण (emotional regulation) र सामाजिक सम्बन्ध (social connection) को पक्षलाई पूर्ण रूपमा बेवास्ता गरिएको देखिन्छ, जसले गर्दा आजको क्भ्भ् को नतिजामा यदि आफ्नो अपेक्षा अनुसार ग्रेड आएन भने निराशा (frustration) हुने र अर्को विकल्पको बाटो नै नदेख्ने अवस्था बनेको पाइन्छ।

यदि ग्रेड राम्रो आयो भने पनि विज्ञान (Science) नै पढ्न चाहने, अनि विज्ञान पढेपछि विदेश जाने तयारी गर्ने प्रवृत्ति देखिन्छ। हामीले बच्चा हुर्काउने तरिका विदेश जाने र आफ्ना आमाबुबालाई विदेश घुमाउने कुरालाई एउटा ‘फेशन’ जस्तै बनाइसकेका छौँ जस्तो लाग्छ।

यी समस्याहरू निकै जटिल हुँदै गएका छन्। वास्तवमा SEE पछि विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र करियर लक्ष्यअनुसार अध्ययनको क्षेत्र रोज्नुपर्ने हो। तर अभिभावक, साथीभाइ तथा छिमेकीहरूको प्रभावका कारण धेरै विद्यार्थीहरू अन्योलमा पर्ने अवस्था हाम्रो घरघरमै देखिन्छ।

अहिलेको अर्को समस्या भनेको प्राविधिक शिक्षासँग सम्बन्धित छ। प्राविधिक धारतर्फ जाँदा स्नातक तहसम्म अध्ययन गर्न सहज व्यवस्था छैन। यदि +2 सकेपछि मात्रै प्राविधिक धार रोजियो भने मात्र Bachelor पढ्न पाइने, तर diploma वा pre-diploma गरेपछि academic क्षेत्रमा फर्किन कठिन हुने नेपालको शैक्षिक प्रणालीले धेरै युवा विद्यार्थीहरूलाई अप्ठ्यारो बनाएको छ। त्यसैले बाध्यतावश “पहिले +2 त गर्नैपर्ने” भन्ने सोच र अवस्था बनेको छ। अब राज्यले यसलाई कसरी सहज बनाउँछ भन्ने कुरामा धेरै कुरा निर्भर गर्छ।

SEE अघि र SEE पछि विद्यार्थीहरूलाई Career Guidance Counseling अत्यन्त महत्वपूर्ण छ, किनकि यसले उनीहरूको रुचि, क्षमता, सीप तथा जन्मजात विशेषता (innate qualities) पहिचान गर्न मद्दत गर्छ। त्यसको आधारमा विषय छनोट गर्न सकियो भने विद्यार्थीलाई अध्ययन सहज हुन्छ। आफूले चाहेको क्षेत्रमा पढ्दा सिकाइप्रति रुचि बढ्छ, पढ्न पनि सजिलो हुन्छ, र सिर्जनशीलता (creativity) उच्च हुन्छ। त्यसबाट नयाँ नयाँ innovation हरूको विकास हुन सक्छ। साथै, विद्यार्थीहरूमा आफ्ना अभिभावकप्रति भावनात्मक सम्बन्ध पनि अझ मजबुत बन्छ।

के हो त career guidance भनेको ?

भविष्यमा के बन्ने, कस्तो पेशा व्यवसाय अँगाल्ने र त्यसका लागि कुन विषय पढ्ने भन्नेमा विद्यार्थीहरु अलमलमा परेका हुन सक्छन। यस्तो अवस्थामा उनीहरुले आफ्नो रुचि र खुबीलाई पहिचान गर्न सक्नुपर्छ। आफ्नो क्षमता अनुसारको विषय, शैक्षिक संस्था पहिल्याइ उपलब्ध अवसरहरुको जानकारी लिन र उपयुक्त पेशा छनोट गर्नका लागि वृत्ति मार्गनिर्देर्शन (Career Guidance) ले विद्यार्थीलाई सहयोग पुग्छ।

विद्यार्थीको वृत्ति मार्गनिर्देशनमा अभिभावकको भूमिका
आफ्नो पढाइको विषय चयन तथा करियर चयन गर्ने विषय विद्यार्थीहरूका लागि जति अन्योलपूर्ण हुन्छ अभिभावकहरूका लागि पनि त्यति नै हुन सक्छ । कुन विषय पढाउने, कता पढाउने, खर्च कति लाग्छ, पढाइपछि के जागिर पाइन्छ आदि विषयहरूले अभिभावकहरूलाई सोचमग्न बनाउँछ । विद्यार्थीहरूले सुसूचित निर्णय लिन सकून् भन्ने हेतुले पढाइका विषय, छात्रवृत्ति, रोजगारी आदि सम्बन्धी जानकारीहरू विद्यार्थीहरूका लागि वेबसाइटमा उपलब्ध छन् । ती सबै जानकारीहरू पढेर र बुझेर विद्यार्थीहरूले आफै निर्णय लिएपनि अभिभावकका रूपमा तपाईँहरूको पनि त्यस प्रक्रियामा केही भूमिका हुन सक्छ । यो खण्डमा हामीहरूले अभिभावकहरूले कसरी विद्यार्थीहरूका रूचि, क्षमता आदि पहिचान गर्न र उनीहरूको निर्णयहरूमा कसरी प्रभावाकारी तथा सहयोगी भूमिका निर्वाह गर्न सक्नु हुन्छ भन्ने विषयमा छलफल गर्ने छौँ । यी विषयहरूमा आफ्ना बाबुनानीहरूसँग कुरा गर्ने बेलामा निम्न कुरामा ध्यान दिनुहोलाः

विद्यार्थीहरूको रूचि र उनीहरूबाट तपाईँका अपेक्षाहरू नमिल्न सक्छन्, त्यस्तो अवस्थामा उनीहरूका रूचिहरू र इच्छाहरूलाई प्राथमिकता दिएर निर्णय गर्न मद्दत गर्नुहोस् ।

आफ्ना बाबुनानीहरूलाई कसरी सहयोग गर्ने ?
– उनीहरूका आवश्यकता, खुबी तथा क्षमताहरू पहिचान गर्न मद्दत गर्ने ।
–  नयाँ क्षेत्रहरू र रूचिहरूको विकासमा मद्दत गर्ने ।

के तपाईँलाई आफ्नो बाबुनानीको बारेमा निम्न कुराहरू थाहा छ ?
– उनका मूल्य मान्यता वा विश्वासहरू
– प्रेरणाका स्रोतहरू
– रूचि वा राम्रोसँग गर्न सक्ने कामहरू
– सुधार गर्नु पर्ने क्षमताहरू
– पढ्न इच्छा लागेका विषयहरू आदि
यी सबै विषयका जानकारी राख्नाले तपाईँले आफ्ना बाबुनानीहरूलाई अझै राम्रोसँग बुझ्न सक्नु हुने छ। किशोरावस्थाका विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सबै कुरा विस्तारमा नभन्न पनि सक्छन् । त्यस्तो अवस्थामा साथीहरू वा शिक्षकहरूको सहयोग लिएर पनि उनीहरूलाई बुझ्न सकिन्छ । एकपटक तलका प्रश्नहरूको उत्तर दिने प्रयास गर्नु होस् ।

– तपाईँका बाबुनानीहरूले सबै भन्दा बढी समय के गरेर बिताउँछन् ?
– कस्ता कार्य गर्दा उनीहरूले सबैभन्दा बढी उत्सुकता र जाँगर देखाउँछन् ?
– रूचि वा राम्रोसँग गर्न सक्ने कामहरू ?
– साथीभाइ वा छिमेकीले के कामका लागि उनीहरूसँग सहयोग माग्छन् ?
– उनीहरूले अहिलेसम्म सबैभन्दा उत्कृष्ट के गरेका छन् ?

माथीका प्रश्नका उत्तरहरूले तपाईँलाई आफ्न बाबुनानीहरूलाई बुझ्न केही मद्दत गर्न सक्छन् ।अझ विस्तृतरूपमा थाहा पाउन विद्यार्थीहरूलाई यही वेबसाइटमा रहेका ऋबचभभच ब्ककभककmभलत, रोजगारीका क्षेत्रहरूको विश्लेषण, उच्च शिक्षा तथा छात्रवृत्ति सम्बन्धी जानकारी हेर्न लगाउनुहोस् वा सँगै बसेर हेर्नुहोस् । आवश्यक सबै जानकारी प्राप्त भएपछि विद्यार्थीहरूले आफ्नो निर्णय आफै लिन सक्नु पर्छ । कुन निर्णय सहि र कुन गलत भनेर भन्नु भन्दा प्रत्येक कार्यका असल र खराब पाटा बुझाइ उनीहरूलाई नै निर्णय गर्न दिएर त्यस निर्णयका लागि जवाफदेही बनाउन सके विद्यार्थीहरूको क्षमता तथा व्यक्तित्वको विकास हुन्छ।

नयाँ क्षेत्रहरू र रूचिहरूको विकासमा मद्दत गर्ने
बदलिँदो विश्वमा नयाँ-नयाँ प्रविधि तथा सिपहरूको विकास हुँदै गइरहेको छ । अभिभावकको नाताले तपाईँले आफ्ना बाबुनानीहरूलाई यी नयाँ क्षेत्रहरूको पहिचान गर्न र ती क्षेत्रहरूमा रूचिको खोजी गर्न मद्दत गर्न सक्नु हुन्छ । आजकल त अनलाइन नै पनि निकै धेरै थरी ज्ञना हासिल गर्न सकिन्छ । पढाइ तथा विद्यालय शिक्षा बाहेकका अन्य जीवनोपयोगी सिपहरू सिक्नु पनि महत्त्वपूर्ण हुन्छ । विद्यार्थीलाई थाहा नभएका करियरका क्षेत्रहरू वा सिप तथा तालिमका बारेमा तपाईँलाई थाहा हुन सक्छ । कहिले काहीँ उनीहरूलाई आफ्नो जीवनको उद्देश्य थाहा भएपनि त्यस क्षेत्रमा लागेका कसैलाई नचिनेका हुन सक्छन्। यस्ता अवस्थाहरूमा तपाईँहरूले निम्न कुराहरू गर्न सक्नु हु्न्छः

– उनीहरूले सिक्न चाहेको सिपका लागि आवश्यक व्यवस्था मिलाइदिने ।
– कुनै विशेष पेशामा संलग्न आफ्ना साथीहरू वा आफन्त कोही भएमा उनीहरूसँग परिचय गराउने र मार्गदर्शक बनाउने ।
– सामाजिक सम्बन्ध बनाउन तथा समाजिक कार्य गर्न सिकाउने ।
– विद्यार्थीहरूलाई आफ्नो क्षमताको पूर्ण प्रयोग गर्नका लागि आवश्यक स्रोतको व्यवस्थापन गर्ने ।

(तपाईलाई पनि सहि मार्गनिर्देशनको आवश्यक परेमा शिक्षा विकास महाशाखा, बगरमा रहेको वृतिमार्ग निर्देशन सेवा केन्द्रमा निःशुल्क सेवा लिन सक्नु हुन्छ)
युवा तथा विधार्थीहरुको सहि मार्गनिर्देशक
Career guidance counselor
पोखरा, गण्डकी प्रदेश
९८५१२३७५२३

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->