बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने

मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार
तनहुँ/सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरे ।
मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।
आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->