आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेडक्रस कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी

रेडक्रस कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा/नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर÷युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ ।

जेठ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका ११० वटा सर्कलले भाग लिएका जुनियर÷युवा सर्कल संयोजक तथा रेडक्रस, कास्कीका उपमन्त्री डिल्लीराम बरालले जानकारी दिए ।

शीतलादेवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारकाकृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताए ।

नैतिकता, अनुशासन, विधि र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अगि बढेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा आजको भन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई अन्त्य गर्नका लागि सचेत भएर अगि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीकी अध्यक्ष उर्मिला भण्डारीले रेडक्रसले अनेकौँ अप्ठ्याराहरूका बाबजुद जुनियर तथा युवाहरूलाई आत्मनिर्भरता र सेवाभावसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिइन् ।

सो अवसरमा उत्कृष्ट शिक्षक नायकका रूपमा छोरेपाटन मावि, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट सर्कलका रूपमा शिवशक्ति मावि, जनप्रिय मावि र बाराही माविका जुनियर रेडक्रस सर्कल तथा रेडक्रस राखी उपशाखा र रेडक्रस उपशाखावडा नम्बर १२ लाई सम्मान गरिएको थियो ।

सो अवसरमा शिक्षक नायक र विद्यार्थीहरूका लागि दुई दिनसम्म विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए । शिक्षामा एआईको प्रयोगका सम्बन्धमा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू खेमराज पौडेल, रुपिन्द्र प्रभावी, श्रीकान्त पौडेल तथा धर्मेश जयसवालले सहजीकरण गरेका थिए ।

मानसिक व्यवस्थापनसम्बन्धी भक्तराज रसाइलीले, रेडक्रस गतिविधिबारे डिल्लीराम बरालले, रक्तदानसम्बन्धी अर्जुन ज्ञवालीले,मानवसेवामा युवाहरूको अनुकूलनबारे प्रिन्सा रेग्मीलेसहजीकरण गरेका थिए ।

त्यसैगरी साइबर अपराध, विद्यालय स्वास्थ्य र मनोपरामर्श, विपद् तथा फोहोरमैला व्यवस्थापनबारे यमुना केसी, मोहन खड्का, सूर्यप्रसाद तिमिल्सिनालगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले कार्यक्रम आयोजनासम्बन्धी अनुभव सुनाउँदै धन्यवाद ज्ञापन गरेका थिए । यसअगि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गरेका थिए ।

सोही अवसरमा १० बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्र लेखन कार्यदलका संयोजक रेडक्रस, कास्कीका सदस्य श्रीकान्त पौडेलले जुनियर तथा युवा रेडक्रस सर्कललाई सिर्जनशील बनाउनका विभिन्न कार्यक्रम गर्ने जानकारी दिए ।

विद्यालयलाई सुरक्षित र बालमैत्री शिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि जुनियर रेडक्रसका सदस्यहरूले भूमिका खेल्नेलगायतका बुँदा समेटिएको संयोजक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->