मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही

गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही

भुलेजसहितका महिला लडाकुहरुले सुरुङ खनेर २०५७ चैत १७ गते गोरखा कारागारबाट भागेका थिए ।


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा / नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेल (कमरेड सिलु) लाई पार्टीको सवै जिम्मेवारीबाट मुक्त गरेको छ । उनले पार्टी गम्भीर विचलनमा गएको बताउदै पार्टीभित्र असहमती राख्दै आएकी थिईन् ।

नेकपा माओवादीको आइतबार र सोमबारको बैठकले सचिवालय सदस्यसमेत रहेकी भुजेललाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘सचिवालय सदस्य कमरेड भुजेलले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै ‘पार्टीको विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी, गुटबन्दी गर्दै हिँडेकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो,’ चन्दद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भुजेल माओवादीकी शीर्ष नेतामध्येकी एक हुन् ।

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल ‘गोरखा जेलब्रेकर’ समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकुहरुले सुरुङ खनेर २०५७ चैत १७ गते गोरखा कारागारबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->