शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोनाल्डो भन्छन् : “यो अझै सकिएको छैन”

रोनाल्डो भन्छन् : “यो अझै सकिएको छैन”


  • विजय नेपाली
  • असार ४ २०८३, बिहिबार

← Back

Thank you for your response. ✨

पोखरा /  “राष्ट्रिय टोलीमा पोर्चुगलको प्रतिनिधित्व गरिरहेकाले उनी अलि चिन्तित छन्,” अघिल्लो रात ब्रुनो फर्नान्डेसले क्रिस्टियानो रोनाल्डोको बारेमा भनेका थिए। र, त्यो कुरा लियोनेल मेस्सीले ह्याट्रिक गर्नुभन्दा अगाडिको थियो। खेलको अघिल्लो दिन मेस्सिको ह्याटि्रकमा अर्जेन्टिनाले जित हासिल गरेपछी पोर्चिगिज कप्तान रोनाल्डोलाई पनि झनै दबाब थियो ।
बुधबार पोर्चुगलले फिफा विश्वकपको आफ्नो पहिलो समूह चरणको खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो सँग १-१ गोलको बराबरी खेल्यो।

 

खेल पश्चात् रोनाल्डोले भने,”हामिले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन। ध्यान दिनुहोस् र अर्को खेलमा ध्यान केन्द्रित गर्नुहोस्।”
ह्युस्टन स्टेडियमको मिक्स्ड जोनमा खेलबारेम संक्षिप्त कुराकानीमा समेत भने: “हामीले पर्याप्त प्रयास नगरेका होइनौँ, फुटबल यस्तै हो। पोर्चुगलसँग खेल जित्ने मौका थियो, तर हामीले हार्न पनि सक्थ्यौँ।”


पछि, रोनाल्डोले सामाजिक सञ्जालमा पनि पोर्चुगलको पहिलो फिफा विश्वकप खेलको नतिजाबारे टिप्पणी गरे र आगामी खेलहरू तर्फ आफ्नो ध्यान केन्द्रित गरे।
२५ पटक बल छोए, ३ पटक गोलको प्रयास गरे, तर एउटा पनि प्रहार ‘टारगेट’ मा थिएन। पोर्चुगलले खेलको छैटौं मिनेटमै गोल गरेको थियो । पेड्रो नेटोको क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए, जुन यस प्रतियोगिताकै सबैभन्दा चाँडो भएको गोल थियो।
आक्रमणमा देखिएको कमजोरी
पोर्चुगल आक्रमणमा कम्जोर देखियो । त्यो सुस्त अग्रपंक्ति पछाडि पर्याप्त गति पनि थिएन।
पोर्चुगलको बल पोजेसन बढी थियो । तर कङ्गोका खेलाडीहरू बढी फुर्तिला, राम्रो बल अगाडि बढाउन सक्ने र मौका पाउँदा तीव्र गतिमा दौडन सक्ने क्षमता प्रष्ट देखिएको थियो । पहिलो हाफसम्म कङ्गोले ६ पटक र पोर्चुगलले मात्र २ पटक गोलको प्रयास गरेको थियो । त्यही गतिका कारण कंगोले खेलको ४५ औं मिनेटमा ओयाने विसाको हेड गोलमा बराबरी गर्‍यो । दोस्रो हाफमा दुबै राष्ट्रले गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->