मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा


  • ढाेरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/  कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो।

यस अघि कास्कीका सबै पाँच वटै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताए ।

स्वस्थ्य नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भाबी नागरिक अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उनको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डा। युबानिधी बसौला, मन्त्रालयका अतिरिक्त सचिब खिमबहादुर खड्का, जिसस कास्कीका उप प्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिब मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आ आफ्नो भनाइ राखेका थिए ।

सो कार्यक्रममा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने तथा सेवा अबकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेबिकाहरूलाइ सम्मान समेत गरिएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->