बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.नारायणसिंह गुरुङ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.नारायणसिंह गुरुङ


  • ढाेरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

सरकारले पोखरालगायत देशका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिका लागि उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिको सिफारिसका आधारमा गुरुङलाई प्रधानमन्त्री शाहले नियुक्त गरेका हुन् ।

यसैगरी प्रधानमन्त्री शाहले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्यलाई नियुक्त गरेका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अजयकुमार मिश्र नियुक्त भएका छन् ।

समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ निर्माण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यविधि अनुसार समितिले उपकुलपति पदका लागि आवेदन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो ।

छनोट प्रक्रियामा देशभरबाट ११३ जनाले आवेदन दिएका थिए । उनीहरुबाट सबै संस्थामा ७–७ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । सोही सूचीमा परेका व्यक्तिहरूमध्येबाट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले यो नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->