
बागलुङ / जैमिनी नगरपालिका वडा नं. १ मा रहेको कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जैमिनी नगरभित्र अस्पताल नभएको बताएको छ । ढोरपाटन न्यूजमा प्रकाशित समाचारको खण्डन गर्दै प्रस्तावित अस्पताल भएपनि संचालनमा नआएको बताएको हो ।
साथै उक्त केन्द्रले पुरानै संरचनामा सेवा प्रवाह गरेको भन्दै जस्ता लगाएको भवन सेवा प्रवाहका लागि र पक्की भवन आवासकै उद्देश्यले निर्माण भएको बताएको छ । उक्त केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गर्ने सरकारी नीति भएपनि अहिलेसम्म घोषणा भैनसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०७६ सालमा नेपाल सरकारले सबै पालिकामा अस्पताल बनाउने गरी आधारभूत र नगर अस्पतालको थालनी गरेपछि यो केन्द्रलाई पनि नगर अस्पताल बनाउने योजना थियो ।
यो केन्द्र अहिले पनि नगरपालिकाकै मातहतमा रहेर संचालनमा भएको र सबै डाक्टर, कर्मचारी र स्वास्थ्यकर्मीले नगरबाटै तलबभत्ता खादै आएपनि आफुहरु भने नगरको नभएको डा. सुजन शर्माले बताएका छन् ।
तर, जैमिनी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तीर्थ पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रका सवै स्वास्थ्यकमीले जैमिनी नगरपालिकाबाट तलब भत्ता खादै आएको बताए । सो केन्द्र नगरपालिका मातहतको नै भएपनि सवै प्रक्रिया भने पुरा भइनसकेको हो । स्वास्थ्य केन्द्रले प्रयोग गर्ने गरेको लेटर हेडले पनि सोही कुरा पुष्टी गर्दछ ।
डा. शर्माले प्रकाशित गरेको विज्ञप्ती पनि नगरपालिकाकै लोगो सहितको छ । विज्ञप्तिमा समाचारमा प्रकाशित भएको मुल विषय अस्पताल छाप्रोमा सञ्चालन भएको र चिकित्सकहरु सुविधा समपन्न भवनमा बस्दै आएको कुरालाई भने लुकाउन खोजेका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले आवासको रुपमा प्रयोग गर्दै आएको सुविधा समपन्न भवन । तस्वीरः ढोरपाटन
स्वास्थ्यकर्मीहरु सुविधा समपन्न भवनमा वस्दै आएको सेवा भने छाप्रोबाट दिदै आएको कुरा जिल्ल्ला समन्वय प्रमुखको नेतृत्वमा गएको टोलीले सार्वजानिक गरेको थियो । ढोरपाटन न्यूजले सोही विषयमा समाचार प्रकाशन गरेको थियो । यसको वारेमा भने डा. नै बेखर भएर विज्ञप्ति प्रकाशित गरेका छन् ।
बुधवार प्रकाशित समाचारको लिंक: https://dhorpatannews.com/2026/07/167945/
समाचारमा नगर अस्पताल भन्ने उल्लेख भएको विषयमा केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा समाचारप्रति विभिन्न आरोप समेत लगाइएको छ । सेवामा खटिएका स्वास्थ्यकर्मी हतोत्साही बनाउन खोज्ने गरी समाचार आएको भन्दै केन्द्रका प्रमुख डा. शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा जिकिर गरिएको छ । तर छापोबाट सेवा दिएको र आफुहरु सुविधा समपन्न भवनमा वसेको विषयमा मौन छन् ।
बुधबार ‘जैमिनी अस्पतालको पक्की भवनलाई किन बनाईयो कर्मचारी आवास ?’ बारेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारले जनतामा भ्रम परेको शर्माको दाबी छ । ती भवन नगरपालिका बन्नु अघि बनेको उनले बताए ।
केन्द्रले आफ्नो लेटर प्याडमा भने नगरपालिकाकै लोगो प्रयोग गरेको छ ।

जैमिनी नगरपालिकाले पनि नगर अस्पतालको रुपमा विकास गर्न नीति कार्यक्रम र बजेटमा आवश्यक सहयोग गरिरहेको छ ।
चालु वर्ष र आगामी वर्षको बजेट र नीतिमा पनि अस्पतालको रुपमा विकास गर्न आवस्यक उपकरण तथा पूर्वाधार थप गर्न बजेट विनियोजन गरिएको छ । आवस्यक डाक्टर तथा सेवा थप गरेर अस्पतालको रुपमा विकास गर्ने नगरको लक्ष्य पालिकाको नीतिमै उल्लेख छ ।




