स्याङ्जा/ जिल्लाको गल्याङ नगरपालिका–६ बनपालेमा बुधवार बिहान पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
ढुंगामाटोले बनेको र खरले छाएको एक तल्ले कच्ची गोठमा काम गरिरहेका वर्ष ६६ का धनबहादुर थापा माथिबाट खसेको पहिरोसँगै गोठले पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना बिहान ५ बजेतिरको हो । प्रहरी चौकी पिडीखोलाका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बिहान ६ः४५ बजे पहिरो हटाएर थापालाई बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो । घटनामा गोठभित्र रहेका एक भैंसीको पनि मृत्यु भएको छ भने एक बंगुर घाइते भएको छ ।





