शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेवाका डुंगा चालकको मापसे र लापसे चेकजाँच

फेवाका डुंगा चालकको मापसे र लापसे चेकजाँच


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

पोखरा/डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै फेवातालका डुंगा चालकहरूको मादकपदार्थ तथा लागुऔषध सेवनसम्बन्धी विशेष चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा चालकहरुको स्वास्थ्य जाँच गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा ३२ जना डुंगा चालकको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा ३ जना डुंगा चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएको थियो । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

पर्यटक तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्दै फेवाताल लगायतका पर्यटकीय क्षेत्रमा यस्ता निगरानी र चेकजाँच अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आवद्ध सात सयभन्दा बढी डुंगा छन् । बेला बेलामा हेलचेक्रयाई र भवितव्यका कारण तालमा दुर्घटनासमेत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->