शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

मलेसियाबाट फर्किएर अगरउड खेती

मलेसियाबाट फर्किएर अगरउड खेती

गुणस्तर र गुणका आधारमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकेजी १ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म पर्ने बताइन्छ ।


  • अर्जुन काफ्ले
  • साउन ६ २०८३, बुधबार

स्याङ्जा/बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्याङ ्जाका एक युवाले बहुमूल्य औषधीजन्य जडिबुटी अगरउड खेती थालेका छन् । चापाकोट–५ का विपिन डोटेलले संसारकै महंगो र सुगन्धित वनस्पतिका रूपमा चिनिने अगरउडको खेती जिल्लामै पहिलोपटक परीक्षणका रूपमा सुरुआत गरेका हुन् ।

मलेसिया २ वर्ष बसेर नेपाल फर्किएका डोटेलले आफ्नो पाँच रोपनी बाँझो जमिनमा अगरउडका बिरुवा रोपेर रोपेका छन् । विशेषगरी सौन्दर्य प्रशोधन, बहुमूल्य अत्तर र औषधीजन्य वस्तु उत्पादनका लागि कच्चा पदार्थका रूपमा अगरउड प्रयोग हुन्छ ।

अगरउड अति सुगन्धित वासना आउने प्रजातिको वनस्पति हो । परम्परागत औषधीमा तनाव कम गर्ने, शान्तिदायक र विभिन्न उपचारमा यो प्रयोग हुँदै आएको छ । यसले जमिन संरक्षण, कार्बन सञ्चित गर्न सहयोग, खाली वा बाँझो जमिनमा हरियाली गर्दछ भने यो अन्य बाली जस्तै फलफूल, घाँससँग मिलाएर कृषि वन प्रणालीमा लगाउन सकिन्छ ।

नेपालमा यसको व्यावसायिक सम्भावना उच्च रहेकाले आफूले परीक्षणका रूपमा लगाएको डोटेलको भनाइ छ । ‘प्रतिबिरुवा १ हजारका दरले थाइल्यान्डबाट ५० विरुवा र भारतको आसामबाट ५ सयका दरले २ सय ५० बिरुवा किनेर रोपेको थिएँ’, उनले भने ।

अगरउड खेतीको प्रक्रिया परम्परागत खेतीभन्दा निकै फरक छ । बिरुवा रोपेको ६ देखि ८ वर्षका बोटमा प्वाल बनाएर फंगस/जैविक घोल ‘कल्भिटेड अगरउड किट’ राखिन्छ । बोटमा कृत्रिम संक्रमणपश्चात दुई वर्षमा सुगन्धित ‘अगर’ तयार हुन्छ । गुणस्तर र गुणका आधारमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकेजी १ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म पर्ने बताइन्छ । बजारमा लाखौं मूल्य पर्ने यो वनस्पतिको खेती यहाँ सफल भएमा भविष्यमा राम्रो आम्दानी र रोजगारी सृजना हुनेछ ।

विशेषगरी जापान, सिंगापुर, अरबी देशहरू र अमेरिकामा यसको माग अत्यधिक हुने गरेको छ । परम्परागत खेतीबाट निराश भई जमिन बाँझो राख्ने प्रवृत्ति बढिरहेका बेला यस्ता बहुमूल्य र व्यावसायिक जडीबुटी खेतीले किसानलाई आत्मनिर्भर बनाउन र आर्थिक समृद्धि ल्याउन ठूलो मद्दत पुग्ने देखिन्छ ।

युवालाई कृषिमार्फत विदेश जान रोक्ने उद्देश्यले डोटेलले अगरउडसँगै ८० रोपनीमा आँप, लिची, एभोगाडो, रुद्राक्ष, बयर, कफी र ड्रागन फ्रुटसमेत लगाएका छन् । उनले एक सय वटा बोयर जातका बाख्रासमेत पालेका छन् ।

बाख्रासमेत पालेका छन् । सहकारी र बैंकबाट ऋण लिएर कृषिमा २ करोड रुपैयाँ लगानी गरेका डोटेलले राज्यबाट भने सिँचाइ तथा पाइपका लागि २ लाखमात्र अनुदान पाएका छन् । उनले कृषिमा चार जना युवालाई रोजगारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->