बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मालिकाको ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक स्थानको पहिचान

मालिकाको ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक स्थानको पहिचान

ब्यवसायी र स्थानीय तह पर्यटन प्रवद्र्धनमा सक्रिय हुने


  • अमृत बास्कुने
  • साउन १० २०८३, आइतबार

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका तथा उद्योग बाणिज्य संघ मिलेर गाउँपालिका भित्र रहेका ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक स्थानहरुको पहिचान गरी त्यसको प्रचारप्रसार गर्ने घोषणा गरेका छन् । शनिबार गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा गाउँपालिका तथा म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइले पालिकाभित्रका ७ वटै वडाका ३५ स्थानलाई चयन गरेर चालु आर्थिक वर्षभरी प्रचारप्रसार गर्ने घोषणा गरेका हुन् ।

आन्तरिक राजस्व कार्यालय बागलुङ, गाउँपालिका र उवासंघको संयुक्त रुपमा आयोजित करदाता शिक्षा तथा स्थान घोषणा कार्यक्रममा गाउँपालिका भित्रका स्थानहरुको नाम तथा विभिन्न स्थानहरुको तस्बीर सहितको पोष्टर सार्वजनिक गर्दै पर्यटकीय स्थलहरुको नाम घोषणा गरियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकाल, आन्तरीक राजश्व कार्यालय बागलुङका कर अधिकृत राजनमणी शर्मा, राजन सापकोटा, म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाईका अध्यक्ष लेकबहादुर पुन तथा सल्लाहकारहरु मोतिराज गौतम, सन्तोष सुवेदी लगायतले पर्यटकीय स्थानहरु समेटिएको ब्यानर संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

घोषित स्थानमा वडा १ को सिद्ध बराह ताल, स्लेट खानी, स्याल तथा भालु गुफा र महशिकार स्थल रहेका छन् । त्यसैगरी वडा २ मा दुर लेक, स्लेट खानी, स्टोन भिलेज र घोडेनाचलाई पर्यटकीय महत्वका साथ समावेस गरिएको छ । वडा ३ मा शोले डाँडा, तामा खानी, किटेनी र दुरलेकलाई समावेस गर्दा ४ नम्बर वडामा भने शोले धुरी, तामा खानी, मह शिकार, शोरठी तथा पुख्र्यौली नाच र तहको ताललाई पर्यटकीय रुपमा महत्वको चयन गरिएको छ । वडा ५ मा मालिका धुरी, देउताभिर गुफा, गाइखर्क र हकलाङ पिकनिक स्पटलाई महत्वका साथ चयन गरिएको छ ।

त्यस्तै गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ६ मा नेपालमै चर्चित भालेबास्ने ताल, दुखु तामाखानी, पुख्र्यौली ख्याली नाच, महशिकार तथा महखानी, मालिका धुरी, दरवाङ भगवती मन्दिर र शिवालय मन्दिर चयन गरिएको छ । मालिका गाउँपालिका भित्रका पर्यटकीय महत्वका स्थान तथा संस्कृतिहरु छान्ने क्रममा ७ नम्बर वडामा प्रभुचेला धुरी तथा पाथीभरा मन्दिर, किसानी माध्यमिक विद्यालयको प्राविधिक शिक्षा, मालिका मन्दिर र बाइन्दोफाँट बराहताललाई छनौट गरिएको छ ।

उवासंघ इकाई अध्यक्ष लेकबहादुर पुनले गाउँपालिका भित्रका पर्यटकीय महत्वका संस्कृति तथा स्थानको पहिचान गरेर चालु साउनदेखि आगामी असारसम्म प्रचार प्रसारमा सबैले प्रयास गर्ने बताए । उनले गाउँपालिका तथा निजी क्षेत्रले छनौट गरेका पर्यटकीय महत्वका ३५ ले समग्र मालिका मात्रै नभएर जिल्लाकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको जनाए ।

उपाध्यक्ष अमृत सापकोटाले नेपाल पनि हिमाल, जैविक विविधता, संस्कृति र धार्मिक सम्पदाका कारण विश्वकै आकर्षक पर्यटन गन्तव्य रहेको र सगरमाथादेखि लुम्बिनीसम्म, अन्नपूर्ण पदमार्गदेखि मुक्तिनाथसम्म नेपालले विश्वलाई आकर्षित गरिरहेको स्थान रहेको अवस्थामा मालिका गाउँपालिकाले पर्यटन क्षेत्रमा केही योगदान होस भनेर स्थान पहिचान गरेको बताए ।

पर्यटकीय महत्वका स्थानको पहिचान गरेर प्रचार प्रसार गर्ने योजना बनाइनु निकै राम्रो काम रहेको र यसले आगामी दिनमा आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->