बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मालिकाका व्यवसायीलाई एक दिने कर शिक्षा

मालिकाका व्यवसायीलाई एक दिने कर शिक्षा


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

म्याग्दी/ मालिका गाउँपालिकाका उद्योगी तथा व्यवसायीहरुलाई करसम्बन्धि शिक्षा दिइएको छ । गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरीक राजश्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीहरुका लागि एक दिने कर शिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

आर्थिक विधेयक २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा सहुलियत, आयकर, मुल्य अभिबृद्धिकर, अन्तः शुल्क सम्बन्धी कानुनी व्यवस्थामा भएका परिवर्तन लगायतका विषयमा आन्तरीक राजश्व कार्यालय बागलुङका कर अधिकृत राजनमणी शर्माले सहजीकरण गरेका थिए । हरेक वर्ष करका दरहरु परिवर्तन भइरहने भएकाले त्यसबारे जानकारी गराउन कर शिक्षा कार्यक्रम आयोजना गरेको उनले बताए । करका दरहरुमा हुने हेरफेर र त्यसको बारेमा सचेत नहुँदा जरिवाना तथा ब्याज लाग्ने समस्याबाट गुज्रीनु परेका व्यवसायीको हितका लागि यस्तो कार्यक्रम गरेको उनको भनाई थियो ।

प्यान लिएर कारोवार गरेको तथा आयकर र आय विवरण बुझाउन बाँकी रहेका, विरण बुझाइरहेका तर कर तिर्न बाँकी, व्यवसाय गरेको तर पान दर्ता नगरेको जस्ता फरकफरक प्रकृतिका समस्या भै रहेकाहरुलाई राज्यले ल्याएको अहिलेको स्कीमको बारेमा जानकारी गराउनका लागि यस्तो कार्यक्रम गरेको उनले बताए । अर्का कर अधिकृत राजन सापकोटाले राज्यले अहिलेसम्म ब्याज, हर्जाना तथा कर तिर्न बाँकीलाई दिएको सुविधाका बारेमा पनि जानकारी गराएका थिए ।

म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाईका अध्यक्ष लेकबहादुर पुनले हरेक वर्ष फेरिने करका दरहरुका बारेमा अनविज्ञताले गर्दा व्यवसायीहरुले समस्या झेल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको बताए ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले नागरिक तथा व्यवसायीहरुका तर्फबाट राज्यलाई तिर्नुपर्ने करलगायत दायित्वका बारेमा सहजीकरणका लागि गरिएको कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले भने, ‘राज्यका निकायले दिने सेवासुविधा तथा छुटहरुका बारेमा जानकारी लिने दिने जुन काम भएको छ यसले सबैलाई राम्रो गर्छ ।’

कार्यक्रमम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखा प्रमुख मुक्ती पौडेलले आफ्नो प्रस्तुती र सहभागी उद्योगी तथा ब्यापारीले विभिन्न जिज्ञासा राखेको उवासंघ मालिका इकाइका उपाध्यक्ष अमृत सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->